भारत: नेहरु जिम्मेवार



गोवा (एजेन्सी)
बौद्ध धर्म गुरु दलाईलामाले भारत–पाकिस्तान विभाजनलाई लिएर पुर्व प्रधानमन्त्री पंडित जवाहरलाल नेहरुलाई जिम्मेवार ठहर्याएका छन् ।

यदि नेहरुले आफनो बारेमामा मात्र नसोचेको भएर भारत पाकिस्तानको विभाजन नहुने उनले बताएका छन् । महात्मा गान्धी मोहम्मद अली जिन्नालाई प्रधानमन्त्री बनाउन चाहन्थ तर नेहरुले त्यसलाई अस्विकार गरेको उनले बताए । नेहरु अत्यन्तै अनुभवी भएको तर गल्ती सबैबाट हुने उनले बताए ।

गोवाको एक कलेजमा छात्रछात्रासँगको कुराकानीका क्रममा एक प्रश्नको जवाफमा उक्त विचार राखेका हुन् । भारतमा उक्त विभाजनलाई लिएर मुस्लिम नेता जिन्नालाई जिम्मेवार मान्छन् ।

प्रतिक्रिया दिनुहोस्