इजरायल: गाजामा हमला



गाजा,(एजेन्सी)
गाजा क्षेत्रमा भएको श्रृंखलावद्ध इजरायली हवाई आक्रमणमा तीनजना प्यालेस्टाइनीको मृत्यु भएको सैनिक सुत्रले जनाएको छ । विद्रोहीहरुले दक्षिणी इजरायलमा दर्जनौं रकेट प्रहार गरेको प्रत्युक्तरमा इजरायलले यो हमला गरेको हो।

गाजाका स्वास्थ मन्त्रालयका अधिकारीहरुले यस हमलाको दौरान एक गर्भवती महिला र उनकी एक बर्षिया छोरीको मृत्यु भएको जनाएका छन् ।

साथै आक्रमणमा एक हमास सैनिक पनि मारिएका छन् । यता इजरायलको संचार माध्यमले हमासको रकेट आक्रमणबाट स्देरत र गाजा सीमा नजिकका क्षैत्रमा थुप्रै सर्बसाधरण घाइते भएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्