को आतंककारी ?



‘कहिले सासुको पालो कहिले बुहारीको’ यो उखान नेपाली राजनीतिका लागि गजज्बको मसला हो । बेला मौकामा दुरुस्तै मेल खान्छ ।

विगतमा सँगै जेल र नेल भोग्या अनि राजद्रोही बनेकाहरु सासु बुहारी झैं बन्या छन् । एउटै दल र समुहमा रहेकाहरु धेरै तर्फ छरपस्ट हुँदा कोही सत्ता पक्ष बन्या छन् भने कोही सरकारको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।

विगतमा टाउकोको मूल्य तोकिएकाहरु अहिले मन्त्री र सरकारमा भएसी आफ्नै पूर्व समकक्षीलाई त्यस्तै गर्न पछि प¥या छैनन् । हिजो–अस्ती विप्लब नेतृत्वका प्रकाण्ड पक्राउ परे, उनलाई विगतकै समकक्षी गृहमन्त्रीले परिचालन ग¥या सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । सर्वसाधारणसँग जवरजस्ती र धम्कीर्पूण शैलीमा चन्दा असुलेको जस्ता आरोप प्रकाण्डलाई लाग्या छ ।

सशस्त्र द्धन्द्धकालमा सबैको लाइन एउटै थियो । कसरी उठाउने कसरी खाने, कसरी भागबन्डा गर्ने सबैको लक्ष्य एउटै थियो, त्यही बुझाई फरक हुँदा कोही आतंककारी बन्या छन् अनि कोही चाहिँ मन्त्री । यस्तो देख्दा धरहरा धेरै कन्फ्युज हुन्छ भन्या । राजनीति जति बुझ्यो, त्यति बुझ्न गाह्रो । माओवाद चटक्कै छोडेर अर्कै कित्तामा लागेपछि चाहिँ अरु आतंककारी देखिने हुन् कि ?

प्रतिक्रिया दिनुहोस्