क्यानाडा: माफी माग्न अस्विकार



टोरोन्टो (एजेन्सी)
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मानवअधिकार कार्यकर्ताको रिहाइ सम्बन्धी बयानलाई लिएर साउदी अरेबियासँग माफी माग्न अस्विकार गरेका छन् । साउदी अरेबियाका विदेशमन्त्रीले क्यानाडाबाट उक्त बयान फिर्ता लिनु पर्ने माग गरेको थियो ।

उनको देशले मानवअधिकारका बारेमा कडा रुपमा कुरा राख्ने अपेक्षा गर्ने जस्टिन ट्रुडोले बताए । तर साउदी अरेबियाले यसलाई आफनो देशको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताउँदै क्यानाडाका राजदुतलार्य रियाद छोड्न भनेको थियो । साथै क्यानडाबाट आफनो राजदुतलाई पनि फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्