कौटिन्होको जर्सी परिवर्तन



लन्डन, (एजेन्सी)
बार्सिलोनाका ब्राजिलियन स्टार फिलिपे कौटिन्होको जर्सी नम्बर परिवर्तन गरिएको छ ।

उनी अब बार्सिलोनाको ७ नम्बरको जर्सीमा खेल्ने भएका छन् । यसअघि १४ नम्बरको जर्सी लगाउँदै आएका कौटिन्हो नयाँ सिजनमा ७ नम्बरको जर्सीमा देखिने भएका हुन् । उनी जनवरीमा लिभरपुलबाट बार्सिलोना आएका हुन् । बार्सिलोनामा यसअघि आर्दा टुरानले ७ नम्बरको जर्सी लगाउँदै आएका थिए ।
बार्सिलोनामा लुईस फिगो, अल्फोन्सो पेरेज, जाभियर साभियोला, हेन्रिक लार्सन, डेभिड गुड्होसन, डेभिड भिया, पेड्रो रोड्रिग्वेज लगायतका चर्चित खेलाडीले ७ नम्बरको जर्सी लगाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्