कारागारमा खेलकुद प्रतियोगिता



लमजुङ, (नेस)
लमजुङ जिल्लामा पहिलो पटक कारागार शाखामा रहेका बन्दीहरुका विचमा खेलकुद प्रतियोगिता गरिएको छ । कारागार भित्रै फुटवल, चेस र क्यारमबोर्ड प्रतियोगिताको संचालन गरिएको हो ।

काराकारमा रहेका कैदी बन्दीले खेलकुद डे मनाउने निर्णय गरी पहिलो पटक कारागार भित्रै आफुहरुका विचमा खेलकूद प्रतियोगिताको सञ्चालन गरेका हुन् । फुटवल, चेस र क्यारमबोर्ड प्रतियोगिता गरेका हुन् ।

कालिका समूह, गुफा समूह र पाका उमेर समूहका २÷२ टीम फुटवल खेलमा सहभागि थिए । ५÷५ जना समूह गरेर खेल खेलिएकोमा गुफा समूह ‘ए’ पहिलो भएको थियो । उक्त टीमले नगद ३ हजार रुपैया“ र मेडल पाएको छ । प्रतियोगितामा सर्वाधिक ५ गोल गरी गुफा समूह ‘ए’ का रोशन खत्रीले ५ सय रुपैया“ पाए ।

युवातर्फ नवीन गुरुङ र पाका समूहतर्फ मेख दुराले उत्कृष्ट खेल प्रदर्शन गरेबापत उत्कृष्ट खेलाडीको उपाधिसहित नगद जनही ५ सय रुपैया“ पाए ।
चेस खेलमा शेखर शाही प्रथम भए । उनले १ हजार रुपैया“ र मेडल पाए ।

क्यारम्बोर्डमा भरत राना र दिनेश परियारको जोडी प्रथम भए । उक्त टोलीले १ हजार रुपैया“ र मेडल पाए । क्यारमबोर्डमा ६ जोडी र चेसमा ४ जनाले भाग लिएका कारागारका चौकीदार आषिश रानाले बताए । उनका अनुसार कारागार भित्रै खेलकुदमा रमाउन पाउ“दा कैदीबन्दी खुसी छन् ।

कारागार शाखाका प्रमुख तीर्थबहादुर अधिकारीले कारागारको व्यवस्थापनमा कैदी बन्दीलाई खेलकुद प्रतियोगिता गरिएको बताउनु भएको छ । उहाँका अनुसार कारागारले यसअघि उपलब्ध गराएको खेलकुद सामग्री प्रयोग गरेर उनीहरूले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका लागि पुरस्कार खर्च कैदीबन्दी आफैंले व्यवस्थापन गरेका हुन् ।

दैनिक दिइने सिदा बापतको ४५ रुपैया“मा हरेकले ५÷५ रुपैया“ कोषमा जम्मा गर्ने गरेको र उक्त कोषको पैसा खेलकुद प्रतियोगितामा खर्च गरेको कैदीबन्दीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्