खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट हुने



काठमाडौं, (नेस)
भारतमा हुने यु १९ वानडे क्रिकेट सिरिज र बंगलादेसमा हुने एसीसी एसिया कपका लागि नेपाली टोलीको लागि खेलाडी छनोट खुल्ला प्रतिस्पर्धा हुने यु १९ टोलीका प्रशिक्षक विनोद दासले जनाएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरी दासले जनाएअनुसार यही साउन २८ देखि ३० गतेसम्म रातोपुलस्थित भेलोसीटी एरेनामा खुल्ला छनोट हुनेछ । खुल्ला छनोट हुने भनिएपनि यु १९ राष्ट्रिय टोलीका खेलाडी भने समावेश नहुने दासले बताएका छन् । खुल्ला छनोटबाट ९ जना, प्रत्येक प्रदेसबात ३–३ गरी २१ जना, यु १६ राष्ट्रिय टोलीका १४ खेलाडीको क्याम्पबाट १२ जना छनोट गर्ने दासले बताएका थिए ।

सुरुवाती क्याम्पबाट १२ जना खेलाडी छनोट हुनेछ । यु १९ टोलीबाट खेलेको तर राष्ट्रिय टोलीमा नपरेका ७ खेलाडी र ती १२ खेलाडी गरी १९ खेलाडीलाई दोस्रो क्याम्पमा राखिनेछ । भारत र अफगानिस्तानका साथै भारतको यु १९ नेसनल क्रिकेट एकेडेमी सहभागि हुने यु १९ सिरिज सेप्टेम्बर ९ देखि २० सम्म कोलकातामा आयोजना हुनेछ ।

सिरिजको पहिलो खेलमा नेपालले सेप्टेम्बर १२ मा नेसनल क्रिकेट एकेडेमीसँग, सेप्टेम्बर १४ मा भारतसँग इडेन गार्डेन्समा खेल्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग सेप्टेम्बर १६ मा प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी बंगलादेसमा हुने एसीसी एसिया कपमा नेपालसहित भारत, बंगलादेस, पाकिस्तान, हङकङ, श्रीलंका, युएई र अफगानिस्तानले सहभागिता जनाउनेछन् ।

द दासको प्रशिक्षणमा नेपालले गत वर्ष मलेसियामा आयोजना भएको यु १९ एसियाकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको थियो । नेपालले क्रिकेटमा भारतलाई हराएको पहिलो पटक थियो ।

प्रतिक्रिया दिनुहोस्