गलत सुचना दिने विष्ट पक्राउ



काठमाडौं (नेस) । अपहरण परेको भनि गलत सुचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । छोरा अपहरणमा परेको भनी प्रहरीलाई गलत सुचना दिएको अभियोगमा बैतडीको पाटन नगरपालिका ६ घर भई हाल काठमाडौं कपन बस्ने राकेश विष्टलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

राकेशले साउन २३ गते प्रहरी कन्ट्रोलको टेलिफोन नम्बर १०० मा फोन गरी आफ्नो छोरा नरेश विष्ट अपहरणमा परेको जानकारी गराएको प्रहरीको भनाई छ । सोधपुछ गर्दा राकेशले गलत सूचना दिएको खुल्न आएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्