कामु प्रधानसेनापति थापाले कमाण्ड सम्हाले



काठमाडौ । २५५ बर्षको इतिहास बोकेको नेपाली सेनाले बिहीबारबाट प्रधान सेनापतिमा पूर्णचन्द्र थापालाई पाएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्री अनिर्वाय अवकासमा जानु एक महिना अघि नै बिदामा बस्ने सैनिक परम्परा अनुसार बिहीबारबाट बिदामा बस्नु भएपछि कामु प्रधान सेनापतिको जिम्मेवारी थापाले पाउनु भएको हो ।

प्रधानसेनापति क्षत्रीले बिहीबार नै एक कार्यक्रमको आयोजना गरेर प्रधानसेनापतिको जिम्मेवारी थापालाई हस्तानतरण गर्नु भएको छ । यस अघि नै बसेको मन्त्रिपरिषदको बैठकले भदौ २४ अर्थात बिहीबारबाट कामु प्रधानसेनापतिको जिम्मेवारी थापालाई दिने निर्णय गरेको थियो ।

नेपाली सेनाभित्र अब्बल सेनाका अधिकृतको रुपमा चिनिनु भएका थापा संयुक्त राष्ट्र संघको अनुरोधमा सिरियाको गोलानहाइटमा फोर्स कमाण्डरको रुपमा समेत कार्यरत रहनु भएको थियो ।

नेपाली सेनाभित्र अब्बल सेनाका अधिकृतको रुपमा चिनिनु भएका थापा संयुक्त राष्ट्र संघको अनुरोधमा सिरियाको गोलानहाइटमा फोर्स कमाण्डरको रुपमा समेत कार्यरत रहनु भएको थियो । २०३६ सालबाट सहायक सेनानीबाट नेपाल सेनामा प्रवेश गर्नु भएका थापाले कमाण्ड एण्ड स्टाफ कलेज नेपालबाटै गर्नुभएको थियो भने भारतबाट नेशनल डिफेन्स कोर्षको तालिम पुरा गर्नु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयबाट डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गर्नुभएको छ ।
अमेरिका लगायत बिभिन्न मुलुकबाट उच्चसैनिक तामिल प्राप्त गर्नु भएका थापाले सैनिक सचिव विभाग, सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण कार्यालयको कमाण्ड सम्हाली सक्नु भएको छ ।

लमजुङको गाउंशहरमा २०१७ सालमा भदौ १७ मा मध्यमबर्गिय परिवारमा जन्मनु भएका थापाका पुर्खाहरुपनि नेपाली सेनामा आवद्ध रहदै आउनु भएको थियो । कामु प्रधान सेनापति थापा बर्तमान प्रधान सेनापति क्षत्रीका नातेदार हुनुहुन्छ ।

प्रधानसेनापति क्षत्रीले आफ्नो कार्यकालको अन्तिम दिन देशभर नेपाली सेनाका सकल दर्जालाई सम्वोधन गर्दै मुलुकभर बिखण्डनकारी तत्वहरु सलवलाउन थालेकाले सचेत रहन निर्देशन दिनु भएको छ ।

उहांले मुलुकमा बिध्वंसकारी घटना घटाएर मुलुकलाई अस्थिरता र द्धन्द्ध तिर लैजाने गिरोह सक्रिय रहेकाले मुलुकको सुरक्षामा गम्भिर चुनौती थपिएको बताउनु भएको छ ।
आफ्नो ९२ बुदे सम्वोधनमा प्रधानसेनापति क्षत्रीले आफ्को कार्यकालमा भएका सबै प्रगतिको समेत उल्लेख गर्नु भएको छ ।

प्रधानसेनापति भएपछि प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेख भएका १० बुदे कार्यक्रम अधिकाशं सफल भएको र केही सफल हुने चरणमा रहेको पनि उल्लेख गर्नु भएको छ ।

प्रधानसेनापति थापा बिहीबारबाट बिदामा बसेपछि नेपाली सेनाको कमाण्ड थापाले सम्हालनुहुने र आउदो भदौ २४ मा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानसेनापतिको दज्र्यानिचिन्ह प्रदान गर्नुहुने भएको छ । उहांले नेपाली सेनाको कमाण्ड ३ बर्ष सम्हाल्नुहुने भएको छ । प्रधानसेनापति थापा पछि नेपाली सेनाको कमाण्ड हालका उपरथी प्रभुराम शर्माले सम्हाल्नुहुने लगभग पक्का पक्की जस्तै देखिन्छ ।

यता नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौ– तराइ मधेश द्रुत मार्गको जिम्मेवारी बलाध्यक्ष रथी हेमन्तराज कुवरलाई कामु प्रधान सेनापति थापाले हस्तानतरण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्