आप्रवासीको डुङ्गा दुर्घटना नौको मृुत्यु



इस्ताबुल ।
टर्कीको एजिन तटीय क्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्न लागेका आप्रवासी बोकेको एक डुङ्गा बिहीबार दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएका छन् ।
टर्कीको दक्षिणपश्चिम प्रान्त एदिनको कुसादासी जिल्लामा रहेको तटीय क्षेत्र एजिनमा सो दुर्घटना भएको राज्यद्वारा सञ्चालित माध्यम अनाडोलुले जानकारी दिएको छ ।
टर्कीको दैनिक समाचार पत्र हुरियेतका अनुसार ग्रीक द्वीपतर्फ गइरहेको यो डुङ्गामा १३ जना गैरकानूनी आप्रवासी सवार थिए ।

तीमध्ये चार जनालाई भने उद्वार गरिएको थियो । एजिन समुद्री मार्ग गैरकानूनी आप्रवासीहरुलाई टर्की हुँदै युरोप भित्र्याउने एक प्रमुख मार्गका रुपमा रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्