गैरकानुनी रुपमा सञ्चालित समतामाथि अख्तियारको चासो



दयाराम पण्डित, बाजुरा ।

बाजुराको बडिमालिका नगरपालिका ८ मा सञ्चालनमा रहेको समता बिद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान गएको छ । स्थानिय तह बाट अनुमित बिना सञ्चालन रहेको भन्दै अख्तियारको ध्यान गएको क्षेत्रिय कार्यलय दिपायलका प्रमुख राजन नेपालले बताउनुुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यलय बाजुरालाई के कस्तो हो, यसको कानुनी प्राबधान के हो र बिधि सम्मत छ कि छैन् बुझ्न लागि पत्रचार गरेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराले शिक्षा विकास तथा समन्वय इकाइलाई पत्रचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी खग्रेन्द्र बहादुर मल्लले वताउनुुभएको छ ।

नुमति बेगर समता बिद्यालयका सञ्चालनमा रहेको भन्दै बडिमालिका नगरपालिकाले १ महिना पहिला जिल्ला प्रशासन कार्यलय बाजुरालाई कार्यवाहिका लागि पत्रचार गरेको थियो । बडिमालिका नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावलले भन्नुुभयो ।

जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय र जिल्ला समन्वय समितिले बेवास्ता गरेको वताउनुुभयो । नगरपालिकाको कार्यपालिकाको बैठक बाट अनुमति दिन नमिल्ने बिद्यालय बन्द गर्नका लागि पटक पटक बिद्यालयलाई पत्रचार गर्दा पनि वेवास्ता गर्दा प्रशासनमा कार्यवाहि लागि माग गरेका थियौ, तर प्रमुख जिल्ला अधिकारी चेतराज वरालले वेवास्ता गरेको वडा अध्यक्ष रावलको आरोप छ ।

अख्तिीयार दुरुपयोग आयोग वाट पत्रआएको सांचो हो , अव वास्तविकाता केहौ भन्ने सन्दर्भमा नगरप्रमुख संग वसेर करागर्ने छौं । हामी प्रक्रियामा छौं । विद्यालय बन्द गराउने नगराउने भन्दा पनि शान्ति सुरक्षाको पाटोमा मैले ध्यान दिने हो प्रमुख जिल्ला अधिकारी बरालले भन्नुुभयो ।

देशभरी नारामा एक सय रुपैया अभियानमा बिद्यालय सञ्चालन गरिरहेको समता बिद्यालय बाजुरामा अनुमित बिना सञ्चालन भइरहेको छ । गुठी मार्फत सञ्चालन भएको यो बिद्यालय बाजुराको बिडिमालिका नरगरपालिकामा शिक्षा निमावली अनुसार कुनै प्रक्रिया नपुयाएर सञ्चालनमा आएको नगर प्रमुख पदम बढुवालले वताएका छन् ।

“हामीले कारर्वाहीका लागि सम्बद्ध निकायमा पत्राचार गरेका छों तर स्थानीय प्रशासनले नि अटेर गरेको अवस्था छ ” नगरप्रमुख बडुवावालले भन्नुुभयो ।

समता बिद्यालय सदरमुकाम मार्तडीमा सञ्चालन आएपछि बडिमालिका नगरपालिकाले कार्यपालिकामा नै छलफल गरेको थियो । कार्यपालिकाले अनुमति नदिने र तुरुन्त बन्द गर्न पत्रचार गरिसकेको बडिमालिका कर्मचारीले वताए । नगरपालिकाले पत्रचार गरेको महिनौं भइसक्दा पनि बिद्यालय भने बन्द नभई सञ्चालनमा आइरहेको छ । स्थानीय प्रशासन लगायत अन्य निकायमा पत्राचार गरेका छौं । गत बैशाख महिनामा अनुमति बिना बिद्यार्थीको भर्ना र पढाई सञ्चालन गरदै आएको छ ।

कक्षा १ सम्म सञ्चालनमा रहेको बिद्यालयमा १ सय ८५ जना बिद्यार्थी रहेका छन् । समताको बाजुरा शाखाकि साहयक प्रधानाध्यापक सप्रिया सिवाकोटीले भनिन् केन्द्रको सरहरुले सबै हामी गर्छौ भनेको हो, आफुहरुलाई कुनै जानकारी नभएको वताईन् ।

अनुमति विना नै विद्यालय संचालन गर्नु गैर कानुनी भएको भएपनि सम्वन्धित निकायको ध्यान नगएको निजी आवासिय विद्यालयका अध्यक्ष लालकेशर पाण्डेले वताउनुुभयो । अनुमति नलिएर स्कुल संचालन गर्नु गैर कानुनी भएकाले तत्काल भर्ना भएका विद्यार्थीको शुल्क फिर्ता गर्न परिपत्र गर्ने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाजुराका इकाई विद्यालय निरिक्षक विविराज सोतीले वताउनुुभयो ।

समता अनुमती दिने नदिने राजनीति प्रपञ्चपनि उत्तिकै देखिएको छ । वडिमालिका नगरपालिकाले प्रकृया नपुुर्याएको भन्दै बनदगराउने निणर्य गरेको छ ।भने नगरपालकाकै वडा नं ९ ले विद्यालय खोल्ने अनुमती पत्र दिएको श्रोतले वताएको छ । नगरभित्रा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ल्याउन नगरपालिकाले जहां आफूु त्याहा आफ्ना वालवालिका भन्ने नीति कार्यक्रम ल्याएको छ । शिक्षामा समनता ल्याउने अभियानमा छौं नगरप्रमुख वडुवलले भन्नुुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्