आजदेखि पूर्णचन्द्र थापाकाे कमान्डमा नेपाली सेना



काठमाडौं । आजदेखि नेपाली सेनाको कमान्ड पूर्णचन्द्र थापाले सम्हाल्दैछन्।

प्रधान सेनापति राजेन्द्र क्षत्रीले अनिवार्य अवकास लिएसँगै बलाधिकृत रथी थापाले कायममुकायम प्रधानसेनापतिको रुपमा सेनाको कमान्ड सम्हाल्ने भएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई साउन २४(आज)देखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेका छिन्।

प्रधानसेनापति क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजना हुने विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम रहेको छ।

अवकाश हुनुभन्दा एक महिनाअघि नै बिदा बस्ने परम्पराअनुसार क्षत्री आजदेखि बिदामा बस्न लागेका हुन्।

थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्