अमेरिकी सरकार आप्रवासीप्रति कडा, झण्डै दुई करोडले अमेरिका छोडनुपर्ने !



वासिंगटन,(एजेन्सी)
अमेरिकाको ट्रम्प सरकारले सरकारी सुविधाहरु भोग गर्ने उद्देश्यले नागरिकताका लागि आवेदन गर्ने आप्रवासीहरुलाई संजाय दिने योजना बनाइरहेको खवर बाहिर आएके छ । यसरी अमेरिकाको वर्तमान मान्यता बाहिरको यस प्रमुख कदमबाट लाखौं मानिस प्रभावित हुने बताइएको छ ।

अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसले केहि सातापछि नै ओवामाकेयर , बालबालिकाको स्वास्थ बिमा वा फुड स्ट्याम्पस जस्ता सरकारी फाइदा लिन अमेरिकाको ग्रिनकार्ड वा नागरिकता लिन खोजने आप्रवासीहरु माथि निकै कडा नीति अपनाउन एउटा महत्वुपुर्ण प्रस्ताव जारी गर्न लागेको एनबिसि न्युजले जनाएको छ ।

यो प्रस्तवा व्हाइट हाउसका नीति सल्लाहकार स्टेफन मिल्लरको अमेरिकामा स्थायी वसोवास गर्ने सक्ने वैध आप्रवासीहरुको संख्या कटौति गर्ने योजना अन्तर्गत रहेको बताइएको छ । विशेषज्ञहरुले यसबाट करिव २ करोड आप्रवासी प्रभावित हुने अनुमान गरेका छन् ।

राष्ट्रिय सुरक्षा विभागले जारी गरेको एक विज्ञप्ति जारी गर्दै अमेरिकी सरकार हाल अस्तित्वमा रहेको आप्रवासी कानुनलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको जनाइएको छ ।
उक्त विभागका प्रवक्ताले भनेका छन् , ‘ यि कानुनको स्पष्ट उद्देश्य अमेरिकी करदाताहरुको रक्षा गर्नु र अमेरिकामा प्रवेस गर्न वा बस्न चाहने विदेशीहरु आफै आर्थिक रुपमा सवल हु भन्ने चाहेको हो ।

तर आप्रवासी न्यायविदहरुले यदि यो प्रस्ताव कानुनको रुपमा लागु भएके खण्डमा ठूलो संख्यामा मानिस अमेरिकाबाट बाहिरिनु पर्ने दि इन्डिपेन्डेन्टलाई बताएका छन् ।
वर्तमान कानुन अनुसार यदि कुनै आप्रवासी सरकारी सहुलियत र सुविधामा रहन देढ रहेको देखिएमा उनको आफ्नो ग्रिन कार्ड वा भिसा आवेदन अस्विकार गरिन सक्छ ।

तर यसै क्षेत्रमा विगत तिस वर्ष देखि काम गर्दै आएका दुईजना आप्रवास सम्बन्धी वकिलले आफुहरुले कहिल्यै पनि सरकारी कार्यक्र प्रयोग गरेकै आधारकमा कसैको यस्तो आवेदन अस्विकृत भएके नदेखेको दि इन्डिपेन्डेन्टलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्