पाकिस्तानी सैनिकले रुसमा सैन्य तालिम गर्ने



इस्लामाबाद (एजेन्सी)
पाकिस्तान र रुसबीच एक सैन्य सहयोग सम्बन्धी सम्झोता भएको छ । उक्त सम्झौता अनुसार पाकिसनी सैनिकलाई रुसको सैन्य संस्थानहरुमा तालिम दिइने छ ।

दुई देशले रक्षा क्षेत्रमा द्विपक्षिय सहयोग बढाउनका लागि सम्झौता गरिएको हो । यस सम्झौताले भारतको चिन्ता बढ्न सक्ने बताइएको छ । रुसलाई भारतको सदाबहार मित्र मानिन्छ । तर विगत केही बर्षमा पाकिस्तानसँग मस्कोको निकटता बढिरहेको छ ।

पाकिस्तान रक्षा मन्त्रालयले रुस–पाकिस्तान संयुक्त सैन्य परामर्स कमिटी (जेएमसीसी)को पहिलो बैठक समाप्त भएपछि उक्त सम्झौतानमा हस्ताक्षर भएको जनाएको छ ।
पाकिस्तानी रक्षा मन्त्रालयले भने– दुई देशबीच पाकिस्तानी सैनिकहरुलाई रुसी टे«निङ इन्स्टिच्युटस्मा भर्ना गर्ने विषयलाई लिएर सम्झौतामा हस्ताक्षर गरिएको छ ।

रुसका तर्फबाट उक्त बैठकमा उप रक्षा मन्त्री कर्नल जनरल अलेक्जेन्डर व फामिन सहभागी भएका थिए । उनी अगस्ट ६ र ७ का लागि पाकिस्तानको यात्रामा थिए । पाकिस्तान र रुसबीच रक्षा सहयोगको सबैभन्दा ठुलो मन्च जेएमसीसी हो ।

पाकिस्तानका तर्फबाट रक्षा सचिव अवकाश प्राप्त लेफ्टिनेन्ट जनलर जमिर उल हसन साहले जएमसीसी बैठकमा प्रतिनिधित्व गरेका थिए । बैठक अगाडी रुसी प्रतिनिधिमन्डलले रावलपिन्डीमा रक्षा मन्त्रीसँग भेटघाट रेका थिए । बैठकका क्रममा दुई पक्षले द्विपक्षीय तथा अन्य ठुला अन्तराष्ट्रिय मुद्दामा छलफल गरेका थिए । जसमा अफगानिस्तान र मध्यपुर्वको बर्तमान स्थितिलाई पनि समावेश गरिएको थियो ।

अमेरिकासँगको दुरी बढेपछि पाकिस्तान हालैका बर्षमा चीन र रुसको नजिक भइरहेको छ । पाकिस्तान रुससँग सैन्य सहयोग बढाउने प्रयासमा छ । यसैबर्षको सुरुवाटमा तत्कालिन विदेशमन्त्री ख्जाजा आसिफले मस्कोको भ्रमण गरेका थिए । उक्त भ्रमणमा पनि दुई देशबीच सैन्य सहयोग बढाउनमा सहमति भएको थियो । विगत तीनबर्षमा रुसले पाकिस्तानलाई ४ एमआई–३५ एम लडाकु तथा हेलिकप्टर दिएको छ । दुबै देशले सैनिकहरुबीचको मित्रता बढाउन सैन्य अभ्यास पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्