नाजिवलाई मुद्दा अपचलनको अभियोग



क्वालालम्पुर,(एजेन्सी)
मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव रजाकलाई करोडौं अमेरिकी डलर वरावरको भ्रष्टाचार काण्डको सिलसिलामा मुद«ा अपचलन गरेको तिनवटा अभियोग लगाइएको छ । उनलाई राष्ट्रिय कोष १ एमडिबीबाट एक करोड डलर आफ्नो व्यक्तिगत खातामा सारेको अभियोग लगाइएको छ ।

गत जुलाईमा गिरफतार गरिएको उनीमाथि विश्वास र आफ्नो पदिय अधिकारको दरुपयोग गरेको अभियोग लगाइएको थियो । गत मे महिनामा आयोजित आम निर्वाचनमा रजाकको पराजय भएपछि १ एमडिबी काण्डको नयाँ ढंगले अनुसन्धान शुरु गरिएको थियो ।

सत्तामा छँदा आफु विरुद्धका सम्पुर्ण अभियोग अस्विकार गर्दै आएका उनलाई सरकारले उन्मुक्ति दिएके थियो । विभिन्न बहुमुल्य विलासिताका सामानहरु र विश्वका विभिन्न स्थानमा घर जग्गा जोड्न नाजिव र उनको परिवारका सदस्य तथा अन्य गठबन्धन समुहहरुले ठूलो परिणाममा आर्थिक घोटाला गरेको बताइएको छ ।

यस्तै भ्रष्टाचारको अभियोगको कारणले उनी ९३ वर्षिय राजनीतिक भेटरान महाथिर मोहमदसंग चुनाव हारेका थिए । प्रहरीले नावि र उनकी पत्नीका विभिन्न निवासस्थानमा छापा मारेर कराडौं डलर वरावरका बुहुमुल्य वस्तुहरु वरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्