मेकेनको अपमान गरेको खुलासा



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा सिनेटर जोन मेकेनको सैन्य सेवाको अवमुल्यनमा ‘उनी बीर योद्धा हुन् किनभने उनी कब्जामा परेका थिए ‘ बोलेर धेरै अमेरिकीमाथि प्रहार गरेका थिए ।

मेकेन प्रति ट्रम्पको घृणा सन् १९९९ मा डेन राडरसँगको ६० मिनेटको अन्तरवार्ताको पुनरबृति भएको खुलासा भउको छ ।
ट्रम्पको रिफोर्म पार्टीमा प्रवेशमा केन्द्रित रहेको १२ मिनेटको एउटा फिचरमा ती भावी राष्ट्रपतिले अहिलेको जस्तै आसयमा मेकेनको अपमान गरेका थिए । त्यतिबेला मेकेन राष्ट्रपतिका प्रत्यासी थिए ।

‘उनी कब्जामा परेका थिए‘ ट्रम्पले भनेका थिए । ‘कोही कब्जामा परेका बीर योद्धा हुन्छ ? मलाई थाहा छैन । म त्यसतो लाग्दैन । ‘

मेकेन साढे पाँच बर्ष नर्थ भियतनामको युद्ध बन्दीका रुपमा विताएका थिए । सन् १९६७ मा उनको स्काइहक डाभइ बम्बर खसालिएपछि कब्जामा परेका मेकेनमाथि यातना दिइएको थियो ।

ट्रम्प त्यतिबेला चिकित्सकिय सिफारिस र निलम्बनमा परेका ४ विद्यार्थीमा परेर युद्धमा जानबाट फुत्किएका थिए ।

समय परिवर्तन भइसकेको छ, यद्यपी मेकेनको विषयमा ट्रम्पले गरेको सबैभन्दा पछिल्लो टिप्पणीमा समानता छ । कम्तिमा पनि ट्रम्पको उम्मेदवारीमा मतदाताको धारणालाई बुभ्mनु पर्ने हुन्छ ।

सन् २०१६ जस्तो सन् १९९९मा ट्रम्पले मतदाताहरुमाथि ठुलो प्रभाव पार्न सकेको थिएन । रिफोम पार्टीको क्यालिफोर्नियामा भएको एक कार्यक्रममा ट्रम्पले पार्टीका अन्य सदस्यहरुलाई गरिने ब्यवहार अन्त्यन्तै असम्मानजनक हुने गरेको एक सहभागीले बताएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्