पाकिस्तान: नवाजपुत्र कालो सुचीमा



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानी सरकारले पुर्व प्रधानमन्त्री नवाज सरिफका छोरा हसन र हुसैनलाई कालोसुचीमा राखेको छ । अब उनीहरुले पाकिस्तानको पासपोर्टबाट विदेश भ्रमण गर्न पाउने छैन ।

लन्डनमा बसिरहेका दाजुभाईलाई भ्रष्टाचारका तीनवटा मुद्दामा भएको सुनवाईमा उपस्थित नभएपछि भगौडा घोषित गरेको थियो । सन् २०१७ मा सर्वोच्च अदालतको एक फैसलापछि नवाजसँग ती दुबै विरुद्ध पनि भ्रष्टाचारको मुद्दा दर्ता भएको थियो । राष्ट्रिय भ्रष्टाचार नियन्त्रण इकाई (एनबीए)ले हसन र हुसैनको नाम पासपोर्ट डाइरेक्टोरेटसँग अपिल गरेपछि उनीहरुको पासपोर्ट रोक्का गरिएको र ब्ल्याक लिस्टमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्