बैंक अफ काठमाण्डँको परिमार्जित ‘बीओके स्मार्ट’ सुविधा



काठमाडौं (नेस)
बैंक अफ काठमाण्डँले आफ्ना ग्राहकलाई अत्याधुनिक प्रवधियुक्त सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो बैकिङ सेवा ‘बीओके स्मार्ट’ लाई परिमार्जित गरी थप सुविधा प्रदान गर्ने भएको छ ।

परिमार्जित गरिएको मोबाइल बंैकिङ सेवाद्वारा ग्राहकवर्गहरुले आफ्नो आँैठाछाप द्वारा सजिलै लगइन एवं कारोवार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको छ । यसका साथै ग्राहकहरुले ‘क्युआर’ कोडमार्फत सजिलै रकमान्तर गर्न सकिने, फोन पेको नेटवर्कमा रहेको विभिन्न मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सकिने, अकाउन्ट ड्यासबोर्ड मार्फत महिनाभरिको मौज्दातको विवरण हेर्न सकिने सुविधा उपभोग गर्न सक्नेछन् ।

बीओके स्मार्टको को नँया संस्करणद्वारा ग्राहकहरुले बैंकको शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्राहकहरुले गुगल प्ले स्टोरमा उपलब्ध कीओके स्मार्ट को नँया संस्करणलाई अधावधिक गरुी यो सेवा उपभोग गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्