गण्डकी विकास बैंकको ४ शाखा सञ्चालनमा



पोखरा (नेस)
गण्डकी विकास बैंकले एकै दिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोलमा मंगलबार ती शाखा सञ्चालनमा ल्याएका हुन् । यससंगै बैंकको ७२ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै नेपालको पँर्व देखि पश्चिमसम्म थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताउनुभयो ।

यस संगै बैकका ७२ वटा शाखाहरुबाट पँर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै अत्याधुनिक बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पँर्ण बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

बैंकले आ.व. २०७४÷७५ मा संचालन मुनाफा रु. ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ५२ करोड र कर्जा तर्फ रु.२० अर्ब ०६ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यँन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्