एकै दिनमा दुई महिले गरे आत्महत्या



यमलाल भुसाल
बुटवल । रुपन्देही जिल्लामा एकै दिन दुई महिलाद्धारा झुडिएर आत्म हत्या गरेका छन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउपालिका वडा.नं.१ लौसा बस्ने बाबुराम बि.क.की श्रीमति बर्ष २८ की बिष्णुमायां कुमाल आफ्mनै घरको सुत्ने कोठामा झुडीएर आतम हत्या गरेकी छन ।सुत्ने कोठामा फलामको बलोमा पटुकिको पासो लगाई झुण्डि आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।बुधवार विहान पौने ७ वजे प्रहरीले खवरपाई इलाका प्रहरी कार्यालय सालण्डीका प्रहरी निरिक्षक दिपेश बस्यालको टोलीले घटना स्थलको मुचुल्का गरेको हो ।
त्यसै गरी रुपन्देही तिलोतमा नगरपालीका वडा नं.१३ बस्ने राजु कुमालको श्रीमती बर्ष २७ की गंगा कुमालले पनि झुडिएर आत्म हत्या गरेकी छन ।
आफ्नै घरको कोठाको काठको बलोमा पलास्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कुमालले दिउसो करीव ३ वजेको समयमा झुडिएर आत्म हत्या गरको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय भैरहवाको प्रहरी टोलीले घटनास्थलमा गई थप अनुसन्धान गरीरएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्