गलेश्वरधाम दर्शन सार्वजनिक



म्याग्दी, (नेस)। म्याग्दीका लोकगायक रवि कार्कीको गलेश्वरधाम दर्शन बोलको भक्तिगीत सार्वजनिक गरिएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतिमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यसहित गीत निर्माण गरिएको हो।

कोषका संरक्षकसमेत रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले म्युजिक भिडियोसहित गीत सार्वजनिक गरेका हुन्। धौलागिरि क्षेत्रमा गाइने मौलिक भजनको लय रहेको भक्ति गीतको शब्द संकलन कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले गरेका छन् भने गायक स्वयं रवि कार्कीको संगीत तथा उनका साथमा तारानाथ आचार्य र ज्योती लोहनीले गाएका छन्। गीतमा शिवजीको भेषमा खेम केसी र करिश्मा सुवेदी पार्वती बनेर नृत्य गरेका छन्। यसको भिडियोमा निर्देशन र छायांकन गणेश सापकोटाको रहेको छ भने सम्पादन सन्तोष सारु मगरले गरेका छन्। हास्यव्यंग्यमा दख्खल राख्ने गायक कार्की सानैदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्। उनले यसअघि पञ्चेबाजाको गीत बेनीबजारमा झर मायालु बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्