पुरानादेखि नयाँ पुस्ताका अभिनेतृ एउटै भिडियोमा



भुवन चन्द, चैत्यदेवी, वसुन्धरा भुसाल, रूपा राना र सारिका घिमिरेजस्ता पुरानादेखि नयाँ पुस्ताका कलाकारले कम्मर मर्काएको तीज गीत सार्वजनिक गरिएको छ।

सञ्चारकर्मी गीता अधिकारीको यतै घमाइलो उतै घमाइलो बोलको तीज गीतमा पुरानादेखि नयाँ पुस्ताका अभिनेतृले कम्मर मर्काएका हुन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच यो तीज गीतको म्युजिक भिडियो एकसाथ सार्वजनिक गरिएको छ। कार्यक्रममा सभामुख ओनसरी घर्तीले गीतको तारिफ गर्दै सबै महिलाकाको नेतृत्व गर्दै जागरणसम्बन्धी तीज गीत साथै सन्देशमूलक तीज गीत आएको चर्चा गरिन्। गीतकार अधिकारीले आफ्नो यो पहिलो तीज गीत भएको र यसबाट आफू आशावादी रहेको बताइन्। सारिका घिमिरेको स्वर रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। भिडियो युवराज वाइवाले निर्देशन गरेका छन् भने वीरेन्द्र भाट ‘विपिन’ को छायांकन र सम्पादन रहेको छ। भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्