डार्क नेटमा छोरा बेच्ने महिलालाई संजाय



वर्लिन,(एजेन्सी)
दक्षिणी जर्मनीको एक अदालतले अवैध गोप्य सुचना संजाल अर्थात डार्क नेट मार्फत आफ्नो छोरा बालयौन दुराचारी समुहलाई बिक्रि गरेको अभियोगमा साढे बाह« वर्ष लामो कारावास संजाय तोकेको छ ।

फे्रइवर्ग अदालतले ति महिलाका पार्टनर अर्थात केटाका सौतेनी पितालाई पनि बाह« वर्ष लामो कैद संजाय तोकेको छ । गत जुन महिनामा यो मुद्धा शुरु हुँदा पिडित बालक नौ वर्षका थिए ।

४८ र ३९ वर्षिय यस जर्मन जोडी स्वयमले पनि कम्तिमा दुई वर्ष सम्म ति बालकमाथि यौन दुव्यवहार गरेको बताइएको छ । डार्क नेट मुलधार सर्च इन्जिन पुग्न नसक्ने इन्टरनेट क्षेत्र हो ।
सोमवार ति बालकमाथि पटक पटक यौन दुराचार गरेको अभियोगमा एकजना स्पेनी पुरुषलाई दस वर्ष कैद तोकिएको थियो । यसै यौन दुव्यवहारको आरोपमा अन्य पाँचजना पुरुषलाई पनि मुद्धा चलाइएको छ ।

जर्मन जोडी वलात्कार , बालबालिका माथि आक्रामक यौन दुव्र्यवहार , जवर्जस्ती देहव्यापार र बाल यौन सामग्रीको वितरण गरेको अभियोगमा दोषि ठहर गरिएको छ । तिनीहरुलाई ति बालक र तिनीहरुको दुव्यवहारको शिकार भएकी अन्य एक तिन वर्षिया बालिकालाई ४९ हजार २ सय अमेरिकी डलर क्षतिपुर्ति स्वरुप प्रदान गर्न पनि अदालतले आदेश दिएको छ । अहिले ति बालक धर्म मातापितासंग बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्