विषाक्त खाना



लिमा ,(एजेन्सी)
दक्षिणी पेरुको आयाकुचो क्षेत्रमा एउटा सामाजिक भेलामा खाना खाँदा कम्तिमा आठजना व्यक्तिको ज्यान जानुका साथै अन्य बिसजना सिकिस्त परेको स्वास्थ अधिकारीहरुले मंगलवार बताएका छन् । स्थानिय प्रशासनले त्यहाँ वितरण गरिएको खाना विषक्त भएको हुनुपर्ने आशंका व्यक्त गरेको छ ।

यसबारे गम्भीर छानबिन गर्न सान जोसे डि उसुवामा विशेषज्ञहरुलाई खटाइएको छ । स्थानिय संचार माध्यमले भने खानामा मुसा मार्ने वा अन्य कुनै किटनाषक औषधि मिसिएको हुनुपर्ने दावी गरेको छ । स्थानिय अस्पतालले मासु सेवन गर्ने १५ जनाको स्थिती नाजुक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्