ट्रम्पद्वारा रुससँग साँठगाँठ गर्न बैठक बसेको स्विकार



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ चुनावमा रुससँग कुनै साँठगाँठ नगरेकोमा जोड दिँदै ट्विटमा ४० औं पटक पोस्ट गरे । यस मामिलामा गत महिना हेलसिन्कीमा रुसी राष्टपति भ्लादिमिर पुटिनको साथमा रहेको र त्यसको लगत्तै ह्वाइट हाउसमा भएको क्याबिनेटमा पनि उनले त्यही दावी गरिरहे ।

तर आइतबार राष्ट्रपतिमा विजय हुन आफनो चुनाव अभियान टोलीले रुससँग साँठगाँठ गरेको स्विकार गरेर ती सबैलाई अन्तत आफनै दावीलाई लत्यादिएका छन् ।

ट्रम्पले विहानै गरेको ट्विटमा सन् २०१६ जुन ९ मा ट्रम्प टावरमा भएको बैठकमा विपक्षीको जानकारी हातपार्ने प्रस्ताव आएको उल्लेख गर्दै र त्यो राजनितिमा सधँै जसो हुने गरेको बिलकुल बैधानिक भएको उल्लेख गरेका थिए । तर त्यो त्यतिकै हराएको र आफुलाई यस विषयमा कुनै जानकारी नभएको उल्लेख गरेका थिए ।

ट्रम्पको यो नयाँ स्विकारोक्तीले सन् २०१७ जुलाइमा पहिलो पटक ट्रम्प टावर बैठकको विषयमा प्रकाशित समाचारलाई लिएर ट्रम्पले जारी गरेको विज्ञप्ती भन्दा पुरै फरक स्थिति उजागर गरेको छ । उक्त विज्ञप्तीमा उक्त बैठकमा उनका जेठो छोरा र चुनाव अभियानका वरिष्ठ सहयोगीहरु सहभागी भएको र त्यो रुसी बच्चालाई धर्मपुत्र बनाउने प्रारम्भिक चरणको छलफल भएको गलत दावी गरिएको थियो ।

यस घटनालाई लिएर रिपब्लिकन राजनितिक परामर्स तथा चर्चित ट्रम्प आलोचक रिक विल्नसले ‘डोनाल्ड ट्रम्प हरेक वकिलका लागि खराब समना‘ बनेको बताए । ब्यक्तीगत अनुसासनको अभाव रहेको प्रदर्शन गर्दै ट्रम्पले आफुलाई कठघरामा उभ्याउन सक्ने सबैभन्दा ठुलो खतरामा पुर्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्