साउदी अरेविया, तनाव चर्किँदै



रियाद,(एजेन्सी)
साउदी अरेवियाले सोमवार आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै क्यानाडासंगको समपुर्ण नयाँ व्यापार र लगानी कार्य बन्द गरिने जानकारी दिएको छ । साउदी अरेबियाले क्यानाडाली राजदूतलाई आफ्नो देश छोड्न आदेश दिँदै क्यानडास्थित आफ्नो राजदूतलाई स्वदेश फिर्ता बोलाएको छ ।

यसअघि साउदी अरेवियाले क्यानाडाली राजदूतलाई देश छाड्नको लागि २४ घण्टाको समय सिमा तोकेको थियो । क्यानाडाली विदेश मन्त्रालयले साउदी अरबलाई साउदी सरकारले पक्राउ गरेका मानव अधिकर्मीहरुलाई तत्काल मुक्त गर्न माग गरेपछि त्यसको कडा प्रतिक्रिया स्वरुप साउदीले यो कठोर कदम उठाएको हो ।

प्रतिक्रिया दिनुहोस्