जेठो हादारीको सन्यास



लन्डन, (एजेन्सी)
फिफा विश्वकपमा सबैभन्दा जेठो खेलाडीको कीर्तिमान बनाएका इजिप्टका गोलरक्षक इसाम इएल हाडारीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

सन् १९९६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हादारीले राष्ट्रिय टिमबाट १ सय ५९ खेल खेलेका छन् । ४५ वर्षीय हादारीले चारपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेका थिए । गत महिना सम्पन्न फिफा विश्वकप इजिप्टका तर्फबाट खेलेका ४५ वर्षे हादारीले मंगलबार अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । इजिप्टबाट रसिया विश्वकप खेल्दै हादारीले विश्वकप खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका थिए ।

उनले रसिया विश्वकपको समूह चरणको अन्तिम खेलमा साउदी अरेवियाविरुद्ध खेल्दै विश्वकप खेल्ने पाका खेलाडी बनेका थिए । उक्त खेलमा इजिप्ट २–१ ले पराजित भएपनि हादारीले एक पेनाल्टी बचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्