नेपाली फुटबल टोलीले हार बेहो¥यो



काठमाडौं, (नेस)
एसियाली खेलकुद र साफ च्याम्पियनसिपका लागि तयारीमा रहेको नेपाली युवा फुटबल टोली थाइल्यान्डमा मंगलबार पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

नेपालको यु २३ राष्ट्रिय टोलीले थाइल्यान्डको ए डिभिजन क्लब पुलिस टेरोसँग खेलेको थियो । जसमा नेपाल आत्मघाती गोलमा १–० गोलअन्तरले हा¥यो । आदित्य चौधरीले ३९ औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णाय सावित भएको थियो । नेपालले शुक्रबार थाइल्यान्डको यु २३ राष्ट्रिय टोलीसँग सामना गर्नेछ ।

नेपालको सिनियर र जुनियर टोलीले थाइल्यान्डमा दुई अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । यो यात्रापछि यु २३ टोली इन्डोनेसियामा हुने एसियाली खेलकुदमा सहभागि हुन त्यतैतिर प्रस्थान गर्नेछ । किरण चेम्जोङको नेतृत्वमा रहेको नेपाली युवा टोलीले एसियाली खेलकुदमा जापान, भियतनाम र पाकिस्तान जस्ता बलिया टोलीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्