साउदी अरेबिया: उडान रद्द



रियाद (एजेन्सी)
साउदी अरेबियाको सरकारी एयरलाइन्सले टोरोन्टाको लागि सिधा उडान रद्द गरेको छ । क्यानाडाद्वारा नागरिक तथा महिला अधिकारका कार्यकर्तालाई रिहा गर्न माग गरेपछि रियादले उक्त कदम उठाएको हो । यसअघि सोमबार साउदी अरेबियाले क्यानाडाको हस्तक्षेपलाई लिएर उसँगको ब्यापारमा रोक लगाएको थियो ।

क्यानाडाका राजदुतलाई पनि निस्कासित गरेको छ । क्यानाडाले यसको जवाफमा मानव अधिकारको समर्थन गर्न जारी राख्ने जनाएको छ । क्यानाडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले राजदुत निस्कासित गरिनु अत्यन्त चिन्ताको विषय भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्