एनआईसी एसिया बैंकोे शाखारहित बैंकिङ सेवा थप



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले तनहुँको म्याग्दे गाउँपालिकाको जामुने बजारमा आपm्नो १६औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले जामुने बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाका लागि प्रतिनिधिको रुपमा रोविन श्रेष्ठलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडीएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकले मुलुकभर २३५ शाखा कार्यालय, २२४ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवम् १६ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठँलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १७६ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १२० अर्ब र कुल निक्षेप करिब १४९ अर्ब रुपियाँ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्