नेप्सेमा झिनो अंकको निरन्तर ओरालो



काठमाडौं, (नेस)
साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ४६ बिन्दूले घटेर ११८८ अंकमा झरेको छ । यो साता नेप्से सामान्य अंकले निरन्तर ओरालो लागेको छ । कँल १५७ कम्पनीको ९ लाख ९ हजार ३४१ कित्ता शेयर २१ करोड ३७ लाख ९१ हजार ३१५ मँल्यमा खरिद बिक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो ।

नेप्सेका अनुसार मंगलबार तीन उपसमूहको शेयर बढेको छ । त्यसमा होटल समँह ३२ दशमलव ३४, निर्जीवन बीमा समँह ११ दशमलव शून्य ५ र अन्य समूह २ दशमलव ४१ रहेका छन् । बैंकिङ समूह शून्य दशमलव ७७, विकास बैंक समूह १ दशमलव ३१, जलविद्युत् सूँह ४ दशमलव ९६, वित्त क्षेत्र समँह ४ दशमलव शून्य ३, उत्पादन २४ दशमलव ४२, माइक्रोफाइनान्स १० दशमलव ८१ र जीवन बीमा समँहको शेयर ३८ दशमलव ८३ बिन्दुले घटेको छ ।

यस दिन सबैभन्दा बढी कारोबार प्रोगेशिभ फाइनान्सको प्रमोटरको शेयर भएको छ । यस कम्पनीको ३ करोड ४६ लाख ९७ हजार २३७ रुपियाँको कारोबार भएको छ ।

त्यस्तै धेरै कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । यी कम्पनीको शेयर मूल्यमा करिब १० प्रतिशतले बढेको छ । त्यस्तै भार्गव विकास बैंकको पनि ८ दशमलव ८० प्रतिशतले बढेको छ ।

मंगलबार धेरै गुमाउनेमा फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्यमा ९ दशमलव ५१ प्रतिशतले घटेको छ । त्यस्तै श्रीइन्भेष्टमेन्ट, सिनर्जी पावर, नेरुडे लघुवित्त, महिला सहयात्री माइक्रोफाइनान्सलगायतका लगानीकर्ता पनि धेरै गुमाउनेमा परेका छन्।

मंगलबार ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचकसमेत शँन्य दशमलव २६ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्