चुनढुंगाले ध्वस्त हुँदै लुप्लुङ गाउँ



सलिम अन्सारी, प्युठान
पहिले जस्तो सुन्दर र शान्त छैन लुप्लुङ गाउँ, सुन्दर डांँडापाखा, हरिया वनजंगलले सजिएको बस्ती अचेल चुनढुंगाले पँरै ध्वस्त भएर उठ्दै छ ।

वस्तुभाउ चराउने गाउँ नजिकको खर्क मासिँदै छन्, चर्को ध्वनी कम्पन छ । सायद, यस्कै असरले होला, हिजोआज गाउँलेमा चयनको निद्रा छैन । पानीका मुल सुक्दै छन्, गाउँ खण्डहर बन्यो । खेतीयोग्य जमीन नाश हुँदैछ, पहिरोले वनै सखाप छ । खानी सञ्चालकले स्थानीयबासीको जग्गा किनेर खानी सञ्चालन गरेपछि वनसम्मै ढुंगा निकाले अनि भयंकर पहिरो बन्यो।

दर्जनौ ट्रीपरले उडाएको धुलोले गाउँले हैरान छन् । हिउँदमा खेतबारी खोरिया खर्यान जति धुलोले रगिन्छन। यस्ले उत्पादन समेत घट्दै गएको छ । एक्साभेटरले जथाभावी खनेर चुनढुगाँ उत्खन्न् गर्दा लुप्लुङ क्षेत्र जोखिममा परेको छ । सामुदायिक वन र ठँलो बस्ती जोखिममा परेको स्थानीयले आरोप लगाए ।

‘खानीले विकास होइन बिनाश निम्ताएको छ,’ स्थानीय एलबी भण्डारीको भनाइ छ । भण्डरीले भन्नुभयो–‘भँउपयोग हुने गरी उत्खनन् गरिनुपथ्र्याे तर यहाँ त्यसरी गरिएको छैन। कम्पनीले स्थानीयसँंग गरेको सर्त अझै पँरा गरेको छैन ।’

पुरानो गौमुखी धारा, बराह क्षेत्र ताल, देशभरका भण्डारीहरुले पुजा गर्ने कुल देवताको मन्दिर, झुलेनीलगायतका रमणीय पर्यटकीयस्थल यसै भेगमा छन्। यी सबैलाई एकीकृत गर्दै पर्यटकीय क्षेत्रका रुपमा चिनाउने योजना थियो,’ स्थानीय जीवराज भण्डारीले भन्नुभयो बाग्दुला–बाहाने सडकखण्डअन्तर्गत अधेरीखोलादेखि माथि लुप्लुङस्थित चुनढुंगा खानीसम्मको ५ किलोमिटर सडक जथाभावी खनिएको छ । उद्योग मन्त्रालयबाट करिब ९ करोड ५० लाख भ्याटसहित बजेट प्राप्त भए पछि सो क्षेत्रमा सडक निर्माणको काम शुरु गरिएको हो ।

अहिले बाटोमा गिट्टि बिच्छाउने काम भइरहेको स्थानीय बताउँछन । बाटोको काम सम्पन्न नहुँदै चुनढुंगा बोक्न शुरु गरेसंँगै जीर्ण बन्दै गएको छ । नौबहिनी गाउँपालिकाका लुङ, डामृ, लिघा, फोप्ली, खवाङ स्याउलीवाङलगायत ठाउँमा जान प्रयोग हुने बाटोको स्तरबृद्धि कार्य सम्पन्न नहुँदै चुनढुंगा लैजादाँ यात्रु समस्यामा परेका छन् ।

बाटोमा ठँला ट्रिपर ओहोरदोहोर गरिरहँंदा धेरै समय कुर्नुपर्ने र भनेको समयमा ठाउँमा पुग्न नसकिने स्थानीयको भनाइ छ । सडक निर्माण गर्दा अँधेरी–गैरा चन्द्रेओडार सिँचाइ कुलोमा नोक्सानी पुगेको छ । सिँचाइ ठप्प भएपछि खेत बाँझै छन् । सडकबाट आएको पहिरोले धेरै किसानको खेत, घरबास नोक्सान गरेको स्थानीयले बताए । दलित बस्ती खानी क्षेत्रको सामुन्नेमा छ ।

धेरै प्रभावित हुनेमा उनी नै हुन । गाउँमा ४० बढी परिवार दलित बस्छन्। खानीसंँगै जोडिएका घरमा बस्नेहरु चर्को ध्वनी प्रदँषण सहन बाध्य छन्।

स्थानीयका अनुसार लुप्लुङ माविमा चारकोठे पक्की भवन, गाउँसम्म मोटरबाटो, साविकको फोप्ली १ र २ को सेन्टरमा स्वाथ्य केन्द्र स्थापना, बाल विकास केन्द्र भवनलगायत काम कम्पनीले निर्माण गरिदिने सर्त थियो । यहाँ लगभग डेढ वर्षदेखि चुनढुंगा उत्खनन् गरिँदै आएको छ । कम्पनीले १५ वर्षसम्मका लागि खानी सञ्चालन गर्न पाउने स्वीकृति पाएको छ ।

यहाँबाट निकालिएको चुनढुंगा पँर्व पश्चिम राजमार्गअन्तर्गत अर्घाखांँचीको शितगंगा नगरपालिकाको जलुकेस्थित चरिङमा रहेको सिमेन्टको उद्योगमा लगिँदै आएको छ ।
खानीले वातावरणीय क्षेत्रमा निम्त्याउन सक्ने दीर्घकालिन असरबारे जिल्लामा बहस र छलफलको विषय नबन्दा आफँहरु दुःखी हुनु परेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्