‘विदेशमा लगानी गर्ने को–को हुन् हामीलाई थाहा छ,’



नेपाल समाचारपत्र, काठमाडाैं ।
पँर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट विदेशी लगानी गर्ने उद्योगी व्यापारीको जानकारी आफँसँग रहेको बताउनुभएको छ ।

मंगलबार वीरगन्जमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ‘जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई उद्घाटनका क्रममा प्रचण्डले नेपालबाहिर क–कसले कति लगानी गरिरहेका छन्, भन्ने विषयमा सरकार जानकार रहेको बताउनुभएको हो ।

युरोप, मध्यपँर्वलगायतका क्षेत्रमा भएको लगानीको जानकारी आफँहरूसँग सुरक्षित रहेको भन्दै प्रचण्डले यसरी लगानी बाहिर जानुमा सरकार नै जिम्मेवार रहेको पनि धारणा राख्नुभयो । मुलुकभित्रै लगानी गर्ने वातावरण नभएका कारण नेपालको लगानी बाहिर गइरहेको र बाहिरबाट नेपालमा लगानी आउन नसकेको उहाँको भनाइ छ ।

‘देशभित्रका दुईचार उद्योगका लागि मात्र आफू असुरक्षित महशुस भयो भने उनीहरुले यहाँ थप लगानी त गर्दैनन् नै बाहिरको लगानी पनि आउँदैन, त्यसैले लगानीको वातावरण बनाउनुपर्छ ।’ प्रचण्डको भनाइ छ ।

मुलुकभित्र लामो समयपछि राजनीतिक स्थिरता आए पनि अझै अहिले नाफा कमाउने स्वतन्त्रता, उत्पादन गर्ने स्वतन्त्रता नहुन्जेल समृद्धि हासिल नहुने उहाँले बताउनुभयो । राष्ट्रिय पुँजीको सुरक्षासहित मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको धारणा राख्दै पं्रचण्डले मुलुकमा राम्रो वातावरण भएमा स्वदेशी विदशी लगानी आउने दाबी गर्नुभयो । उहाँले वर्तमान सरकार लगानीको वातावरण बनाउन दिनरात लागिपरेको समेत बताउनुभयो ।

उहाँले सरल ब्याजदरमा ऋण पाउनु पर्ने, नवीकरण सरल गरिनुपर्ने, कर प्रणाली सहज बनाउनुपर्ने व्यवसायीको माग जायज रहेको बताउनुहुँदै यसमा आफ्ना तर्फबाट पनि सहयोग गर्ने विश्वास दिलाउनुभयो । राष्ट्रिय पुँजीको सुरक्षा गरी समृद्धि हासिल गर्न सकिने धारणा राख्नुहँुंदै उहाँले समयको गतिशिलतासँगै कार्य गर्नुपर्ने र रूपान्तरण हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका अतिथि एवं उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकभित्र सुशासन र बेथितिको अन्त्य गर्न वर्तमान सरकार लागिरहेको बताउनुभयो । फर्म दर्ता नवीकरणको लागि थप तीन महिनाको समय दिने सोच सरकारको रहेको स्पष्ट पार्दै उहाँले एकद्वार प्रणालीलाई कार्यान्वयनमा लैजाने बताउनुभयो ।

‘अहिले अन्तर मन्त्रालय समन्वयमा सुधार हँुंदै गएको छ भने दोहोरो तेहेरो कर नलाग्नेमा संघीय सरकार सचेत छ । व्यापाघाटा कम गर्न वस्तु उत्पादनमा सरकारले जोड दिँदै आएकोमा यसमा निजी क्षेत्रको पनि भँमिका खोजिनुपर्छ । मुलुकको समृद्धिका बारेमा निजी क्षेत्रसँग बसेर छलफल गर्न हामी तयार छौंं । मन्त्री यादवले भन्नुभयो ।

कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले जिल्लामा उद्यमी व्यवसायीले भोग्नु परेका समस्याका बारेमा छलफल गरी निचोड निकाली उद्योग व्यवसायको प्रवद्र्धनमा यो भेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । इतिहासकै शक्तिशाली सरकार आएको ८ महिनासम्म पनि उद्योगी व्यवसायीले यसको अनुभव गर्न नसकेको गुनासो गर्नु हुँंदै अध्यक्ष राणाले विश्वमा जुन देशमा कर प्रणालीमा सुधार गरिएको छ ती देशले समृद्धि हासिल गरेकाले सरकारले समृद्धिको आधार तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

स्थानीय, प्रादेशिक तथा संघीय सरकार क्रियाशील रहेको अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण सहज हुनुपर्नेमा झनै कठिन बन्दै गएको भेलामा सहभागीले गुनासो राखेका थिए ।

स्थायी सरकार हुँदाहुँदै व्यवसाय क्षेत्रमा झनै चुनौतीहरू थपिँंदै गएको, व्यावसायिक वातावरण वातावरण बनाउनेतर्फ सरकार क्रियाशील नदेखिएको, व्यवसायीलाई करको भार थोपर्दै गएको, सहज वातावरणको सट्टा देशैभर व्यवसायीहरू समस्याबाट गुज्रिरहेका, बैंकहरूले मनलाग्दी व्याजर बढाएका, फर्म दर्ता नवीकरणमा समस्या झेल्नु परेको गुनासो सहभागी उद्यमी व्यवसायीहरूको थियो । स्थानीय र प्रदेश सरकारबाट उठाउने करबाट उद्योग वाणिज्य क्षेत्रमा ठँलो असर परेकाले स्थानीय, प्रदेश सरकार र स्थानिय उद्योग वाणिज्य संघबीच समन्वय गरी कर निर्धारणमा सहज वातावरण बनाउनु पर्न सुझाव सहभागी उद्यमी व्यवसायीहरुको थियो ।

उद्योग स्थापनाका लागि बिभिन्न निकायबाट लिनुपर्ने सिफारिसलगायतको कार्य एकै ठाउँबाट गर्नको लागि छुटृै कार्यालय स्थापना गर्नुपर्ने, संघीय, प्रदेश र स्थानीय सरकारले अनिवार्य रुपमा स्वदेशी उत्पादनहरूको प्रयोग गर्ने व्यवस्था हुनुपर्ने, बजार अनुगमन स्थानीय उद्योग वाणिज्य संघहरूको प्रतिनिधिको रोहवरमा मात्र कार्यविधि बनाईनुपर्ने सहभागी उद्योगि व्यवसायीको धारणा छ । एक्जिम कोड सम्बन्धमा साना व्यवसायीलाई भंसार कार्यालयमा भारतबाट सामान आयात गर्दा तीस लाख रुपियाँ धरौटी राख्नुपर्ने व्यवस्था भएको हुँंदा समस्या सृजना भएकाले सो व्यवस्था हटाउनु पर्नेसमेत उनीहरुले माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्