‘डेन्जर’ बन्दै जलवायु परिवर्तन



जलवायु परिवर्तनका असरहरु प्रत्यक्षरुपमा परेको आभास आम नागरिकहरुलाई परेको छ । चाहिने बेलामा बर्षात नहुने अनि नचाहिने बेलामा धेरै बर्षात हुने जस्ता धेरै समस्याहरु अहिल देशका बिभिन्न जिल्लाहरुमा देखिएको छ ।

कतै खडेरीका कारण किसानले लगाएको मकै, घैया र धानसमेत बारिमै सुक्ने अवस्थामा पुगेको देखिन्छ । त कतै बाढीको त्रास हुने गरेको छ । ठूला मुलुकहरुले गरेको औधोगिक क्षेत्रको प्रभावले परेको जलवायु परिवर्तनको असर नेपाल जस्ता मुलुकहरुले खेप्नुपरेको छ ।

अहिले जलवायु परिवर्तनका असरबाट बच्नका लागि जलवायु अनुकूलित योजनाहरु बिभिन्न स्थानीय तहहरुमा लागु भैसकेका छन् । यस्ता योजनाहरुको प्रभावकारीता पनि जरुरी छ । अर्कोतफ स्थानीय तहहरुमा जलवायु अनुकूलित योजनाहरु र जलवायु परिवर्तनले पारेका असरहरुको बारेमा जानकारी राख्नुपर्ने देखिएको छ ।

जनचेतनामुलक गतिविधिहरु पनि गाउँपालिका र वडा स्तरमा पु¥याउन सकेमा मात्र यसको प्रभावकारीता बढ्ने देखिन्छ । मानिसले दैनिक जीवनमा अपनाउँदै आएका गतिविधिलाई सामान्य बनाउँदै सुक्दै गएका पानीका मुहानहरु जोगाउने, रुख बिरुवा रोप्ने, गोठ सुधार गरेर जैवीक मल र बिषादीको प्रयोग बढाउने जस्ता कामहरु गर्नुपर्ने अहिलेको आवश्यकता हो । यस विषयमा जनचेतना दिएर सचेत बनाउने कार्यक्रम संचालन गर्न जरुरी देखिन्छ ।
– संगीता पौडेल, दैलेख ।

प्रतिक्रिया दिनुहोस्