थप चार पोष्ट स्थापना हुने



विराटनर ।
मोरङ्ग जिल्लाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट९बीओपी० स्थापना गरिने भएको छ ।

दक्षिणी सीमा क्षेत्रवाट हुने अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरीतस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गणले आउट पोष्ट स्थापना गर्ने भएको हो । सीमावर्ती क्षेत्रको डोरिया, सिक्टी, जहदा र तारेगामामा क्षेत्रमा आउट पोष्ट स्थापना गर्न लागिएको हो ।

प्रदेश नं १ को सरकारले सात किलोमिटरको फरकमा सीमाक्षेत्रमा बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय भएअनुुसार थप चार ठाँउमा थप पोष्ट स्थापना गर्न लागिएको सशस्त्र प्रहरी गणका प्रहरी उपरीक्षक मनिष थापाले बताउनुुभयो ।

मोरङ जिल्ला र भारतसँगको ६३ किलोमिटर सीमाक्षेत्रमा थप चार वटा आउट पोष्ट सञ्चालन आएपछि पोष्टको संख्या नौ पुुग्ने उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यसअघि रंगेली, मायागञ्ज, वरडङ्गा, नोचा तथा बखरीमा पोष्ट सञ्चालनमा थिए । एउटा पोष्टमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशत्र प्रहरी रहनेछन् ।

सीमाक्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने सशत्र प्रहरी गणको प्रस्तावअनुसार प्रदेश सरकारले थप पोष्ट स्थापना गर्न लागेको हो । सरकारले पोष्टका लागि आवश्यक भौतिक सामग्रीलगायत पूर्वाधार निमार्ण गर्ने जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्