कम्युनिष्ट पार्टीले अभिभावक गुमायो



मोतीराम तिमल्सिना, काभ्रे ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्लाका संंस्थापक सदस्य गणेशदास उलकको ७९ वर्षको उमेरमा निधन भएको छ । क्यासर अस्पताल हरिसिद्धीमा उपचार गराउँदा गराउँदै उलकको निधन भएको हो ।
२०१५ सालमा जिल्लामा कम्युनिष्ट पार्टीको स्थापना गर्न उलक सहभागि थिए । नेपाल कम्युनिष्ट पार्टीका आमन्त्रित स्थायी सदस्य केशब वडालका अनुसार २०१५ साल देखि उलक निरन्तर कम्युनिष्ट पार्टीको विभिन्न जिम्मेवारीमा सक्रिय रुपमा कृयाशिल थिए । उलकको मंगलबार नै बनेपा स्थित उग्रतिर्थमा अन्त्येटी गरिएको छ । उनको पार्थिव शरिरमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले झण्डा ओढाएका थिए । उलकको अन्त्येष्टीमा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । गणेशदासको निधनले नेपाल कम्युनिष्ट पार्टीलाई अपुरणीय क्षति पुगेको नेताहरुले बताएका छन् ।

यि हुन् गणेशदास
समकक्षी मन्त्री, सांसद् सबै भैसक्दा समेत पदको लोभ नगरी निरन्तर आफ्नै विचारमा लागेका उलक मध्यमवर्गमा जन्मेका हुन् । पैसाको समस्या नभए पनि जनताका धेरै समस्याले उनलाई चलायमान बनाईरह्यो । ७९ वर्षको उमेरसम्म पार्टीकै काममा लागिरहेका उलकले कहिल्यै राजनीतिवाट सन्यास लिने सोच बनाएनन् । तत्कालिन नेकपा एमालेको संगठित सदस्य । हाल जिल्ला सल्लाहकार ।

गणेशदासले निधन हुनु अघि आफ्नो घटनाक्रम यसरी सुनाएका थिए– ‘२००८ सालमा काठमाडौंमा डेरा गरी बसेको समयमा चिनिकाजी श्रेष्ठलाई तत्कालीन सरकारले गोली ठोकेर मा¥यो । कांग्रेसका विश्वेश्वर प्रसाद कोईराला गृहमन्त्री थिए । एकदमै दमन भयो जुलुसमा । म आफै लहैलहैमा जुलुसमा लागेको थिए“ । मेरो अगाडि जुलुसको नेतृत्व गरेका नेहाकाजीको मृत्यु भएपछि मेरो दिमागमा निरंकुश शासनको विरुद्ध चेतनाको सञ्चार फैलियो । त्यहि समयदेखी म क्रान्तिकारी र अग्रगामी भए“ ।

 

५ दाजुभाई र चार दिदीको सम्पन्न परिवारको काईलो सन्तान घरबाटै विद्रोह गरें । पढाईकै क्रममा २०१३ सालमा ग्राम विकास तालिम लिए“ मिनभवनमा । काभ्रेका पंकज लगायतलाई तालिमका बारेमा सुचना दिए“ । जिल्ला विकास समिति त्यस वेला ग्राम विकासका नामबाट चिनिन्थ्यो । गाउ“मा शिक्षा, स्वास्थ्य, जनचेतना मुख्य काम थियो । गाउ“मा मान्छेहरु भेला पार्दै चेतना दिदै हि“ड्दा मनभरी आनन्द बाहेक केही हुदैनथ्यो । जुन वर्ष देखि क्रान्तिकारीको विचारधारा दिमागमा फैलियो सोही वर्ष देखि कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । कम्युनिष्ट पार्टीका नाममा प्रतिवन्ध लागेपछि अखिल नेपाल किसान महासंघका नाममा शुरु भए कम्युनिष्टहरुका काम । काभ्रेमा एकदमै कम भए त्यसको वकालत गर्ने । २०१३ सालमा पार्टीमाथिको प्रतिबन्ध हटायो । २०१४ सालमा काठमाडौको प्रभा हल (नारायणहिटी दरवार मार्ग) मा भएको दोश्रो अधिबेशनमा कम्युनिष्ट भनेको के हो ? भनेर बुझ्न गए“ । पहिलो अधिबेशन भुमिगत समयमा भएको रहेछ । मनमोहन अधिकारी पहिलो महासचिव भए पनि दोश्रो अधिबेशनमा विरामी भई चीनमा ज“चाउन गएका कारण उनको उपस्थिति रहेनछ । पुष्पलाल र डा. केशरजंग रायमाझीको दुईवटा विचारमा रायमाझीको विचारको बहुमत आएकाले उनै भए महासचिव । धेरै समय कम्युनिष्टहरुका बारेमा बुझेपछि मैले ग्राम विकासको जागिर खाने सोच बनाए“ ।

तालिम सकेर वा“की रहेको तीन महिना समयमा खोपासीमा प्रौढ शिक्षा पढाए“ । त्यतिखेर आफूभन्दा धेरै सिनियरहरुलाई पढाउन पाउ“दा धेरै आनन्द आउने गरेको थियो । करिव ३० जना वृद्धवृद्धाहरुलाई अक्षर चिन्न सिकाएको थिए“ मैले । खोपासीमा भएको ग्राम विकासमा कांग्रेसले म कम्युनिष्ट भएको थाहा पाएर बनेपामा सारिदियो । कांग्रेसकै कार्यकर्ता बासुदेव कोईरालालाई खोपासीमै राखेर मलाई घर पाएक नदिई बनेपामा सारियो । त्यहि समयदेखि कांग्रेसले मलाई रिस जगाएको थियो । अझ १५ सालमा कांग्रेसले वासुदेवलाई सम्मान ग¥यो । कांग्रेस प्रति जागेको रिसले मैले क्रान्तिकारी विचारलाई अगाडि बढाउ“दै लगें । एउटै कार्यालयमा काम गर्ने अग्रज पंकज कुमारले खोलेको संगठनबाट बनेपामा पम्प्लेट टा“स्ने र राजनीतिक प्रशिक्षण दिने काम भयो । १४ सालदेखि कम्युनिष्टको समर्थक सदस्य भए पनि १५ सालमा कम्युनिष्टको सदस्य भए“ । अन्यलाई सदस्यता प्राप्त गर्न तीन वर्ष लाग्ने भए पनि मलाई एक वर्षमै सदस्यता दिईएको थियो ।’ त्यहि समयमा १७ जना मध्ये ९ जनाले कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

२०४२ देखी २०४८ सम्म वाममार्चाको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालें । २०४८ सालदेखि एमालेको संगठित सदस्य भएर निरन्तर काममा लागिरहेको छु ।’ उलकले बनेपामा रह“दा जनागालमा खोलेको जनजागृति, चैतन्य मावि, खोपासीको वाल आर्दश खोलेका थिए भने प्रधानपञ्च भएको समयमा श्रीराम विद्यालयलाई माविसम्मको अनुमति ल्याएका थिए । ‘सामाजिक चेतना नै शिक्षा हो, शिक्षा नै पहिलो आधार हो पहिले चेतना जगाऔं अनि राजनीतिमा सफल भईन्छ’– उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्