प्रदेश ५ का प्रमुख झाद्धारा दुई विधेयक प्रमाणिकरण



यमलाल भुसाल, बुटवल ।
प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश का दुईवटा महत्वपुर्ण विधेयकको मंगलवार प्रमाणिकरण गर्नु भएकोे छ ।
प्रदेश सभाको यही साउन १४ गतेको बैठकले पारित गरेको दुई विधेयकलाई प्रदेश प्रमुख झाले प्रमाणिकरण गर्नु भएको प्रदेश प्रमुखका प्रवक्ता कमल प्रसाद घिमिरेले बताउनु भयो ।
प्रदेश नम्बर ५ प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक र प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई नेपालको संम्बिधानको धारा २०१ को उपधारा २ वमोजिम प्रदेश प्रमुख झाले प्रमाणिकरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्