एकवर्षमा नुवाकोटमा बन्यो करिव नौ हजार राहदानी



नेपाल समाचारपत्र, नुवाकोट ।
जिल्ला प्रसाशन कार्यालय नुवाकोटले आव २०७४/७५ मा करिव नौ हजार राहदानी बनाएर वितरण गरेको छ ।

नुवाकोट जिल्ला प्रसाशन कार्यलयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले कार्यलयले आव २०७४/७५ मा ८ हजार ९ सय ७३ ओटा राहदान िवितरण गरेको बताए । चार हजार ९ सय ७३ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत दुई करोड ६० लाख २ हजार ५ सय राजश्व संकलन गरेको छ । प्रशासनले दु्रत सेवाका लागि ४ हजार पाँच राहदानीका लागि सिफारिससमेत गरेको छ । शर्माका अनुसार कार्यलयले एक महिनामा करिव ७ ४८ वटा राहदानी बनाउने गरेको बताए । प्रमुख प्रशासकिय अधिकृत शर्माका अनुसार जिल्ला प्रशाशन कार्यालय नुवाकोटले आव २०७४÷७५ मा २ करोड ६९ लाख ४० हजार ८ सय ९५ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

कार्यलयले साधारण सिफरिशबाट ४ हजार ९ सय ६८ राहदानी वितरण गरेको छ भने द्रुत सिफारिशबाट ४ हजार ५ ओटा राहदानी वितरण गरेको कार्यलयले बताएको छ । यसैबिच जिल्ला प्रसाशन कार्यलयले गत वर्ष आठ हजार ९ सय ८५ नागरिकता वितरण गरेको छ । यस्तै चार हजार ९ सय ७३ प्रतिलिपि नागरिक पनि वितरण गरिएको छ । वैवाहिक अंगीकृत नागरिक पाँच वटा वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्