शिक्षक सेवा आयोगको परिक्षा दिन नुवाकोटमा साढे २ हजारले आवेदन दिए



नेपाल समाचारपत्र, नुवाकोट ।
शिक्षक सेवा आयोगको परिक्षामा सामेल हुन नुवाकोटबाट साढे २ हजारले आवेदन दिएका छन ।
आगामी असोज ११, १२ र १३ गते हुने परिक्षामा नुवाकोटबाट २ हजार ६ सय ३२ जनाले आवेदन दिएको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख मदनकुमार थापाले बताउनुभयो । प्रमुख थापाका अनुसार प्राथमिक शिक्षकको लागि खोलिएको एक सय २५ कोटामा एक हजार ६ सय ४७ आवेदन परेको त्रिशुली प्रवाह साप्ताहिकलाई बताए । त्यस्तै निम्न माध्यामिक तहको सामाजिक विषयमा २ सय २७, नेपालीमा २ सय ६ गािण्तमा ८० गािण्त विज्ञानमा १५ अंग्रेजीमा एक सय १६ जना र विज्ञान विषयमा १८ जनाको आवेदन परेको कार्यलयले जनाएको छ ।
त्यस्तै माध्यामिक तहको परिक्षाको लागि नेपाली विषयमा ६९, सामाजिक विषयमा एकसय १८, स्वास्थ्य जनसंख्या वातावरणमा ९, स्वास्थ्य शारिरीकमा १ जनाको आवेदन परेको कार्यलयका शाखा अधिकृत लेखराज कार्कीले बताए । त्यस्तै अर्थशास्त्रमा १२, लेखामा २०, विज्ञानमा १७, गणितमा २७ जना र अंग्रेजीमा ६० जनाको आवेदन परेको कार्यलयका शाखा अधिकृत कार्कीले बताए ।
कार्यलयले आवेदन फारमबाट करिव ३४ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यलयका प्रमुख थापाले बताउनुभयो । उहाँले साउनको तथ्याङ इन्ट्री गर्न लगेकोले एकिन तथ्याङ आउन बाँकी रहेको बताउनुभयो । कार्यलयका अनुसार आगामी असोज ११ गते माध्यामिक शिक्षक, १२ गते निम्न माध्यामिक शिक्षक र १३ गते प्राथमिक शिक्षकको हुने कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्