गुल्मीदरबार गाउँपालिकामा नमूना डिजिटल नागरिक वडापत्र



अनिल खत्री, गुल्मी ।
जिल्लाको गुल्मीदरवार गाउँपालिकाले नमूना डिजिटल नागरिक वडापत्र सुरु गरेको छ । गाउँपालिकाबाट प्रदान गरिने सेवासुबिधालाई प्रभावकारी बनाउन डिजिटल नागरिक वडापत्र सुरु गरिएको गुल्मी दरबार गाउँपालिका गुल्मीका सुचना अधिकृत सुरेश खनालले बताए ।
गाउँपालिकाको कुन शाखाबाट के के सेवाहरु प्रदान हुन्छन् र त्यस शाखाको सम्पर्क ब्याक्ति को हो भन्ने जस्ता सुचनाहरु डिजिटल नागरिक वडापत्रबाट जानकारी लिन सकिने खनालले बताए । योजनाहरुका लागि आबश्यक पर्ने कागाजाजहरु लगायत के कति समयमा सेवा लिन सकिन्छ भन्ने बारेमा डिजिटल नागरिक वडापत्रमा राखिएको छ ।
डिजिटल नागरिक वडापत्र हेरेपछी कामको शिलसिलामा आउने सेवाग्राहीहरु अलमल नपरि सिधै सेवा लिन सकिने सुचना अधिकृत खनालको भनाई छ । गाउँपालिकाका बिभिन्न शाखाहरुवाट प्रदान गरिने सेवा सुबिधा लिदा आबश्यक पर्ने कागजाज लगायत प्रक्रियाहरुको बारेमा स्पस्ट रुपमा खुलाएरै राखिएको छ ।
सेवाप्रवाहलाई छिटो छरितो बनाउनको लागि सेवाग्राहीले सहजजै रुपमा जान्न सकुन भन्ने उद्देश्यले डिजिटल नागरिक वडापत्रको ब्यबस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिए । गाउँपालिकामा बिभिन्न कामको शिलसिलामा आउने सेवाग्राहीहरुलाई छिटो छरितो रुपमा सेवा दिनको लागि डिजिटल नागरिक वडापत्रको ब्यबस्था गरिएको गाउँपालिकाका प्रमुख अशोक थापाले जानकारी दिए ।
गाउँपालिकालाई सुचना प्रबिधिमैत्री बनाउने उदेश्य स्वरुप बिधुतीय सुचना पाटी, सी सी क्यामरा जडान, बिधुतीय हाजिरी प्रर्णली र व्यवसाईडको मार्फत जानकारी दिनेकामको थालनी गरिएको खनालले बताए । गाउँपालिका कार्यालय सहित फ्रि. वाईफाईको व्यवस्थासँगै सबै वडाहरुमा ईन्टरनेट जडान भएको गाउँपालिका सुचना अधिकारी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्