महिलाको नामका जग्गा पास गर्नेको संख्यामा वृद्धि



विनोद सिंह विष्ट, बैतडी ।
पछिल्लो समय महिलाको पनि सम्पत्तिमा पहुँच पुग्न थालेको छ । पछिल्लो समय बैतडीका महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा वृद्धि भएको छ ।
जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ७९ जना महिलाको नाममा जग्गा दर्ता भएकोमा आर्थिक वर्ष २०७४÷७५ मा ९२ जना महिलाको नाममा जग्गा पास भएको छ ।
जसमा सबैभन्दा बढी गत साउन महिनामा १३ वटा महिलाको नाममा जग्गा पास भएको मालपोत कार्यालयमा कम्प्युटर अपरेटर अनिल चन्दले बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा एक जना दम्पतीले सयुक्त्त रुपमा जग्गाको लालपुर्जा लिएका छन् ।
महिलाको नाममा जग्गा दर्ता गराउदा सरकारले राजश्वमा छुट दिने व्यवस्था गरेबाट महिलाको नाममा जग्गा धनी लालपुर्जा बनाउनेहरु बढेको चन्दले बताउनुभयो । महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्था रहेको छ ।
यस्तै महिलाको नाममा भएको लालपूर्जालाई एक महिनाभित्रै संयुक्त नाममा १ महिनाभित्रै बनाउन सकिने त्यसका लागि एकसय रुपैया मात्रै खर्च लाग्ने उहाँले बताउनुभयो । महिला र पुरुष दुवैको नाममा सयुक्त्त लालपुर्जा बनाएमा पनि सरकारले राजश्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको मालपोत कार्यालयका कम्प्युटर अपरेटर चन्दले बताउनुभयो । महिलाको नाममा जग्गापास हुनुले महिलाको सम्पत्तिमा पहुँच पुर्याउन सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्