सडक नापजाँच गर्न सर्वसाधरणको अवरोध



सरोज यादव, विराटनगर ।
रानी–विराटनगर–इटहरी–धरान छ लेन सडक परियोजनाको नयाँ सर्वे (नापजाँच) गर्न सर्वसाधरणले अपरोध गरेका छन् । ३० मिटर मिटर चौडाई क्षेत्रमा निर्माणधिन सडकको विराटनगर ढाटदेखि दुहबीसम्म गर्न खोजिएको नयाँ नापजाँचमा सर्वसाधरणले अवरोध गरेका हुन् ।

१५–१५ मिटर क्षेत्रमा निर्माणधीन सडकमा ढाटदेखि उत्तरतर्फ २५–२५ मिटर पर्ने गरी नयाँ सर्वेको काम सुरू गरेको थियो । तर सर्वसाधरणले अपरोध गरेपछि सर्बेको काम रोकिएको परियोजना प्रमुख विनोदकुमार मौवारले जानकारी दिए । ६ लेन सडक परियोजनाको निर्माणाधिन सडकको विराटनगर ढाटदेखि उत्तरतर्फ ५० मिटरको सर्वेक्षण गर्न खोज्दा सर्वसाधरणले अवरोध गरेका हुन् । ५० मिटर निर्माण गर्ने तत्काल योजना नभएपनि सडकको दायाँ बायाँ २५–२५ मिटर क्षेत्रमा के के संरचना पर्छन भनेर अध्ययन गर्न खोज्दा सर्बसाधरणले अपरोध गरेको मौवारले बताए । सर्वसाधरणलाई सर्वेक्षणका बारेमा सम्झाउन नसकेपछि काम स्थगित भएको उनको भनाई छ ।

६ लेन सडक परियोजनाको विराटनगर इटहरी तरहरासम्म करिब ३५ प्रतिशत काम सकिएको छ । २०७० सालमा निर्माण सुरू भएको ४९ किलोमिटरको रानी विराटनगर इटहरी धरान सडक परियोजनाको २०७५ सालसम्म आइपुग्दा ६ किलोमिटर मात्र कालोपत्रे भएको मौवारले बताए । उनका अनुसार परियोजनाको रानीदेखि तरहरासम्म खण्ड–खण्डमा निर्माणकार्य सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्