हेटौंडामा फिल्म सिकाइँदै



हेटौंडा, (नेस)। हेटौंडामा फिल्म मेकिङ वर्कसप सञ्चालन हुने भएको छ। कान्तिपुर फिल्म एकेडेमीले न्यु मिडिया एकेडेमी प्रालि हेटौंडाको सहकार्यमा वर्कसप आयोजना गर्न लागेको हो।
एकेडेमीले देशभरका विभिन्न शहरमा वर्कसप शुरू गर्ने भएको छ। यसै क्रममा भदौ १० देखि १५ गतेसम्म हेटौंडामा वर्कसप आयोजना हुनेछ।
वर्कसपलाई स्थानीय आयोजकका रूपमा न्यु मिडिया एकेडेमी प्रालिले सहकार्य गर्नेछ। वर्कसपले फिल्म निर्माणसम्बन्धी प्रशिक्षण र स्टोरी राइटरलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्य राखेको छ। वर्कसप प्रयोगात्मक तरिकाबाट पनि सञ्चालन हुने कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले बताए। उनले हेटौंडा चलचित्रको हब रहेकाले यहाँका विद्यार्थीले फिल्मसम्बन्धी अध्ययन गर्न काठमाडौंसम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै हेटांैडामा वर्कसप सञ्चालन गर्न लागिएको बताए। पुरीका अनुसार फिल्म निर्माणसम्बन्धी चासो भएका जो–कोही वर्कसपमा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्