त्रिवि शिक्षण अस्पतालको पछिल्लो अवस्था



२०७२ को महाभूकम्पले त्रिवि शिक्षण अस्पतालको विकास
२०४० सालमा देशकै पहिलो मेडिकल कलेज अस्पताल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल मित्रराष्ट्र जापान सरकारबाट नेपाली जनतालाई उपहारस्वरूप प्राप्त भएकोे गौरवमय संस्थाको कार्यकारी निर्देशकको हैसियतले ४ वर्षअगाडि मेरो नियुक्ति भएको थियो। यस अस्पतालमा कार्यकारी निर्देशकको हैसियतले जिम्मेवारी लिँदा अस्पताल आर्थिकरूपमा ज्यादै कठिन अवस्थामा थियो।
त्रिवि शिक्षण अस्पताल आत्मनिर्भरको बाटोमा अगाडि बढिरहेको अवस्थामा देशले २०७२ वैशाख १२ गते महाभूकम्पको सामना गर्नुपरेको थियो। त्रिवि शिक्षण अस्पतालले गरेको वातावरणीय सुधार र अस्पतालजन्य फोहोर व्यवस्थापनामा समेत महŒवपूर्ण कार्य गरेको छ।
भूकम्पको ३० मिनेटभित्र घाइते आउन शुरू
-भूकम्पको २ घन्टाभित्र अस्पतालको ओटीमै पहिलो २४ घन्टाभित्रै १७ वटा लाइफ सेभिङ अप्रेसन सम्पन्न गरेको
ल १० दिनसम्म अस्पताललाई म्ष्कबकतभच अभिबच गरी २४ घन्टा नै घाइतेको शल्यक्रिया गरियो। यसमा राष्ट्रिय तथा अन्तर्राष्टिय संघसंस्थासँग समन्वय गरिएको थियो
-अस्पतालमा उपचारका लागि भर्ना भएका नियमित बिरामीका लागि विभिन्न संघसंस्थासँग सम्मन्वय गरी उपत्यकाका विभिन्न औद्योगिक भवन तथा विद्यालयमा उपचार सेवा तथा भोजनको व्यवस्था गरी ट्रान्सफर गरिएको।
-देश विदेशबाट घाइतेको उपचारका लागि प्राप्त आर्थिक सहायतालाई हिमालय बैंकमा छुट्टै खाता खोली जम्मा गरिएको
-अस्पतालमा विभिन्न दाताबाट प्राप्त औषधिलाई गणेशमान भवनमा छुट्टै फार्मेसी काउन्टर खोली सञ्चालन गरिएको
– २ हप्तासम्म घाइते तथा तिनका परिवारको भोजनको व्यवस्था निःशुल्क मिलाइएको र यसमा राष्ट्रिय तथा अन्तर्राष्टिय संघसंस्थासँग समन्वय गरिएको थियो।
जापानिज ग्रान्ड एड
महाभूकम्पको समयमा यस अस्पतालले उपचार कार्यमा गरेको कार्यको उपहारस्वरूप जापान सरकारबाट जाइकामार्फत १ अरबबराबरको शिक्षण अस्पतालको स्तरोन्नतिका लागि सहायता उपलब्ध गराएको छ।
७० करोडभन्दा बढीका अत्याधुनिक मेडिकल उपकरण प्राप्त भएको छ। अस्पताल जीर्णोद्धारको कार्यसमेत अन्तिम चरणमा रहेको छ। यस सहयोगबाट अस्पतालको स्तरोन्नतिमा महŒवपूर्ण योगदान पुगेको छ। मित्रराष्ट्र जापान सरकारमा यसका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
ल मभन्दा अगाडिका पदाधिकारीबाट आर्थिक तथा प्रशासनिक सुधारका कार्य थालनी हुँदा हंँुदै पनि अस्पतालमा लगभग १६ करोडको भुक्तानी गर्नुपर्ने आर्थिक दायित्व थियो।
– ५ सयभन्दा बढी कर्मचारीलाई आन्तरिक स्रोतबाट तलबभत्ता दिनुपर्ने अवस्था थियो।
– कतिपय उपकरण बिग्रेर सेवा नै ठप्प भएको अवस्था थियो (उदाहारणको लागि मेमोग्राम)
– कर्मचारीलाई तलब खुवाउन हम्मे–हम्मे थियो। तलब १४, १५ गतेभित्र पठाउने गरिएको थियो।
– प्रत्येक महिना कर्मचारीको पठाउनुपर्ने सञ्चयकोष, विविध ऋण सापटी नागरिक लगानी कोष महिनौंदेखि दायित्वमा थियो।
– व्यापारीको सामानकोे बिल भुक्तानी गर्नुपर्ने आर्थिक दायित्व थियो।
– मभन्दाअगाडिका पदाधिकारीबाट आर्थिक तथा प्रशासनिक सुधारका कार्य थालनी हुँदाहंँुदै पनि अस्पतालमा लगभग १६ करोडको भुक्तानी गर्नुपर्ने आर्थिक दायित्व थियो।
– आईसीयूको लागि बेग्लै अक्सिजन प्लान्टको निर्माण: नेपाल अमेरिकी मेडिकल चिकित्सक एसोसियसनबाट महाभूकम्पमा अस्पतालले उपलब्ध गराएको सेवाबाट प्रभावित भई सहयोगस्वरूप १ करोडबराबरको ५ सय लिटर प्रतिमिनेट क्षमताको नयाँ अक्सिजन प्लान्ट जडानको क्रममा रहेको छ। यसको उत्पादन अस्पतालको अपरेसन थियटर, आईसीयू र सीसीयूमा मात्र उपयोग गरिनेछ।
विद्युत् बचत
मासिक ३५ लाखजति रकम विद्युत् महसुलमा खर्च भइरहेको अवस्थामा अस्पतालको दीर्घकालीन आर्थिक सुधारका लागि सौर्य ऊर्जाको सम्भाव्यता अध्ययन गराउँदा अस्पतालमा १ दशमलब २ मेगावाटको सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्भावना छ।
असहाय बिरामी कोष: भूकम्पको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताबाट प्राप्त नगद सहयोग ६३ लाख हिमालयन बैंकमा र २४ लाख अस्पतालमा जम्मा रकमलाई नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट अनुमति लिई अक्षयकोष खडा गरिएको छ। यसबाट आर्जित ब्याजको रकमले हाललाई अस्पतालको आकस्मिक कक्षमा आएका बेवारिसे बिरामीको उपचारमा खर्च गर्ने गरी व्यवस्था गरिएको छ।
समस्या समाधानका लागि चालिएका कदम
– अस्पतालमा ५ सयभन्दा बढी आन्तरिक स्रोतबाट तलबभत्ता खाने गरी नियुक्त भएका कर्मचारी नै आर्थिक समस्याको प्रमुख कारणका रूपमा रहेकाले आन्तरिक दरबन्दीलाई सकेसम्म नेपाल सरकारबाट स्वीकृत गराउन
पहल गरिएको।
-नेपाल सरकार अर्थ मन्त्रालयसँग अस्पतालको अवस्थाको यथार्थ आर्थिक अवस्थाको जानकारी गराई आर्थिक सहायता माग गरिएको।
– तत्कालीन माननीय अर्थमन्त्री रामशरण महतबाट १० करोडको आर्थिक सहायता उपलब्ध गराइएको।
-१ सय २१ जना प्राविधिक दरबन्दी नेपाल सरकारबाट यस अस्पताललाई उपलब्ध गराइएको।
– अस्पताललाई दीर्घकालीनरूपमा आर्थिक टेवा पु¥याउने योजनाअनुसार ३ सय १ शैøयाबाट शरू भएको अस्पतालमा हाल करिब ७ सयभन्दा बढी शैøया पुगिसकेकामा अस्पतालको आम्दानीको खर्च तलबभत्तामा जाने गरेको थियो।
– ३२ वर्षमा पहिलो पटक १ सय २१ जना प्राविधिक कर्मचारीको स्थायी दरबन्दी नेपाल सरकारबाट स्वीकृत भई आएको छ।
– अस्पतालका अत्यावश्यक दरबन्दी आन्तरिक स्रोतबाट तलब दिने गरी थप गरिएको।
– बायोमेडिकल इन्जिनियर २ जना : अस्पतालमा मेडिकल धेरै थपिएकाले उपकरणलाई राम्रो सञ्चालन गर्न र नियमित मर्मतसम्भार गर्नको लागि।
– सफ्टवेर इन्जिनियर १ जना : आईटीमा आत्मनिर्भर हुनका लागि।
– यस कार्यको लागि त्रिवि, त्रिवि अनुदान आयोग, योजना आयोग, नेपाल सरकार
शिक्षा मन्त्रालय तथा अर्थ मन्त्रालयलाई आभार व्यक्त गर्दछु।
– १ हजार र ५ सय लिटर क्षमताका २ वटा प्लान्ट स्थापना।
– आईसीयूका लागि अमेरिका–नेपाल चिकित्सा फाउन्डेसन नेपालको सहयोगमा ५ सय लिटरको थप प्लान्ट निर्माण चरणमा।
-अक्सिजन रिफिलिङ निर्माण अन्तिम चरणमा।
– अक्सिजन ग्यास अन्य अस्पतालमा निर्यात गर्न सकिने।
फोहोरको वैज्ञानिक व्यवस्थापन किन ?
कर्मचारी तथा अस्पतालमा उपचारका लागि आउने बिरामीलाई अस्पतालजन्य जटिल रोगको संक्रमणबाट बचाउन।
इन्सिनेरटरबाट निस्कने विषालु धुवाँले स्वास्थ्यका लागि अत्यन्त प्रतिकूल प्रभाव पार्दछ, जसका कारणले क्यान्सर हुन
सक्ने टक्सिस अर्गानिक मोलिकुलरलायक डिक्सिन, फुरन्स, मर्करीको प्रकोपबाट अस्पताल कर्मचारी, उपचारका लागि आउने बिरामी तथा सम्पूर्ण समाजलाई जोगाउन मद्दत पुग्नेछ।
अस्पतालमा उत्पादित फोहोरबाट इमुनो सिस्टम, नर्भस सिस्टम तथा अन्य धेरै घातक सरुवा रोग एचआईभी, हेपाटाइटिस, मेनेन्जाइटीसबाट अस्पतालकर्मी, उपचारका लागि आएका बिरामी तथा समाजलाई सुरक्षित गर्नको लागि।
डब्लूएचओ स्ट्यान्डर हस्पिटल वेस्ट म्यानेजमेन्ट सिस्टम अस्पतालबाट निस्कने हानिकारक फोहोरलाई अस्पताल हाताभित्र नै वैज्ञानिक व्यवस्थापनका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम अस्पतालको फोहोरलाई नगरपालिकामा नलगि अस्पताल परिसरभित्र नै वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले हस्पिटल वेस्ट म्यानेजमेन्ट सिस्टमको कार्य आरम्भ गरिएको छ।
२ वर्षभित्रमा सम्पूर्ण अस्पतालको फोहोर तोकिएको मापदण्डअनुसार व्यवस्थापन गर्ने र यस फोहोर केन्द्रलाई राष्ट्रियस्तरको अस्पताल फोहोर व्यवस्थापन तालिम केन्द्रको रूपमा स्थापना गर्ने लक्ष्य रहेको छ। जुन दक्षिण–पूर्वी एसियाकै लागि नमुना तालिम केन्द्र बन्ने अपेक्षा गरिएको छ।
बेवारिसे तथा असहाय बिरामीका लागि उपचार कोषको व्यवस्था:
१ करोडको अक्षय कोष खडा गरिएको छ।यसबाट वार्षिक १२ प्रतिशत ब्याज प्राप्त हुनेछ।
यो रकम भूकम्पको समयमा विभिन्न दाताबाट प्राप्त भएको थियो र नपुग रकम करिब ६ लाखजति अस्पतालको आम्दानीबाट थप गरिएको छ।
यो खाता नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल राष्ट्र बैंकको सहमति लिई सञ्चालन कार्यविधि बनाई मुद्दति खाता खोलिएको छ।
यसबाट प्राप्त ब्याजको रकमले बेवारिसे तथा असहाय बिरामीको उपचारमा खर्च गर्ने उद्देश्य राखिएको छ।
(लेखक:  डा. महरा त्रिवि शिक्षण अस्पतालका हालै अवकाश लिनुभएका कार्यकारी निर्देशक हुनुहुन्छ। )
भूकम्पबाट अस्पतालको उपलब्धि
शिक्षण अस्पतालले महाभूकम्पको बेलामा घाइतेलाई उपलब्ध गराएको उपचार सेवाबाट प्रभावित भई मित्र राष्ट्र जापान सरकारबाट जाइकामार्फत २० वर्षभन्दापछि शिक्षण अस्पतालको स्तरोन्नतिका लागि करिब १ अरबको आर्थिक सहायता प्राप्त गर्न सफल भयो।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, व्यक्तिबाट करोडौं रुपियाँबराबरको आर्थिक सहयोग तथा अन्य भौतिक सहयोग प्राप्त भयो।
 अन्तर्राष्ट्रियस्तरमा शिक्षण अस्पतालको पहिचानः यस अस्पतालले महाभूकम्पमा गरेको कार्यलाई उच्च मूल्यांकन गर्दै एसोसियसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) का अध्यक्ष डा .सुगानामीले यस अस्पताल तथा आम्दाबीच १७ जुन २०१७ मा सम्झौता भएको छ। जसअनुसार जापान वा नेपालमा महाभूकम्पजस्ता ठूला प्राकृतिक दुर्घटना भएमा यी दुई संस्थाका मेडिकल टिमले एकअर्को देशमा गएर उद्धार कार्यमा सहयोग गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्