उत्तर कोरिया माथि प्रतिवद्धता पूरा गर्न अन्तर्राष्ट्रिय दवाव



सोल,(एजेन्सी)
दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । सिंगापुरमा चलिरहेको आसियान क्षेत्रीय मञ्च (एआरएफ) का विदेश मन्त्रीहरुको सम्मेलन सकिएपछि सोमबार जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी दिगो शान्ति र स्थायित्व ल्याउन सम्पुर्ण सारेकारवाला पक्षले निरन्तर कार्य जारी राख्नुपर्दछ ।’

मानवीय सरोकार समेतका कतिपय विषयमा उत्तर कोरियालाई सहयोग गर्न केही राष्ट्रका विदेश मन्त्रीहरुले तत्परता पनि देखाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोही विज्ञप्ति मार्फतविदेश मन्त्रीहरुले उत्तर कोरियालाई आफ्नो आणविक निःशस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्र्दै अब कुनै पनि आणविक र क्षेप्यास्त्र परीक्षणका कार्य नगर्न आग्रह गरेका छन् ।

वक्तव्यमा मन्त्रीहरुले अप्रिल र मे महिनामा दुई कोरियाको सीमावर्ती पानमुनजोंगमा उत्तर र दक्षिण कोरियाका नेताद्वय किम जोंग उन र मुन जाय इनबिचको शिखर बैठक तथा १२ जुनमा सिंगापुरमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाली नेता कीम बीचको शिखर बैठकको पनि स्वागत गरेका छन् ।

ती शिखर सम्मेलनमा नेता किमले कोरियाली प्रायद्वीपमा पूर्ण आणविक निरस्त्रीकरण लागु गर्नेबारे प्रतिबद्धता जनाएका छन् । उनको भनाईलाई निकै सकारात्मक सन्देशका रुपमा लिइए तापनि तर त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्नेमा स्पष्ट गरिएको थिएन । ति शिखर वार्ता आयोजना हुनु अघि किमले चीनको भ्रमण गरी राष्ट्रपति सि जिन्पिंगसंग महत्वपुर्ण वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्