इन्डोनिसियामा शक्तिशाली भुकम्प, मर्नेको संख्या कम्तिमा १ सय



जाकार्ता (एजेन्सी)
इन्डोनेसियाको लामबोक टापुमा आइतबार आएको शक्तिशाली भुकम्पमा अहिलेसम्म कम्तिमा १ सय जनाको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन् । भुकम्पका कारण घाइते हुनेको संख्या सयौं भएको अधिकारीहरुले बताए ।

७ म्याग्निच्युडको उक्त भुकम्पले हजारौं घरलाई क्षति पुर्याएको छ । कयौं स्थानमा विद्युत आपुर्ति पनि बन्द भएको छ । लामबोकको छिमेकी टापुबाट बाहिर आएको एक भिडियोमा मानिसहरु चिच्याउँदै घरबाट बाहिर निस्केको देखिन्थ्यो ।

पर्यंटकका लागि आकर्षक स्थल लामबोकमा एक हप्ता अगाडी मात्रै शक्तिशाली भुकम्प आएको थियो । जसमा कम्तिमा १६ जनाको मृत्यु भएको थियो । ताजा भुकम्पको केन्द्रबिन्दू लामबोकको उत्तरी तट नजिकै सतहबाट १० किलोमिटरको गहिराइमा भउको अमेरिकी जियोलोजिकल सर्वेले जनाएको छ ।

लामबोकको मुख्य सरह मताराममा कयौं भवन प्रभावित भएको इन्डोनेसियाको विपत्ती ब्यवस्थापन निकायका प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई बताए । धेरै जसो घर खराब निर्माण सामग्रीबाट बनेको पनि उनले बताए ।

मताराममा बस्ने इमान नामका एक ब्यक्तीले भुकम्पको शक्तिशाली धक्काका विषयमा भने– सबैजसो घरबाट बाहिर भाग्न नै खोजेका थिए । सबैलाई हतार थियो ।

मतारामकको कयौं इलाकामा विजुली आपुर्ति अवरुद्ध भएका छन् । पर्यटकिय टापु बालीमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । बालीको देनपसारमा मुख्य अस्पतालका विरामीलाई समेत बाहिर निकाल्नु परेको जनाइएको छ ।

बालीमा कयौं सेकेन्डसम्म भुकम्पको झट्का महसुस गरिएको थियो । बालीको राजधानी देनपसामा काम गर्ने एक ब्यक्तीले भने– सुरुमा ससना भुकम्प आएको र विस्तारै सक्तिशाली बन्दै गयो । मानिसहरु चिच्याउन थाले । सबै कर्मचारी डराए र सबै बाहिर भाग्न थाले ।

लामबाक र बालीका सडकहरुमा भवनका टुक्राहरु खसेका थिए । त्यहाँका बासिन्दाले ती सबै हटाएका थिए । भुकम्प आएको समय सिंगापुरका गृहमन्त्री के शनमुगममा एक सुरक्षा सम्मेलनमा भाग लिन लामबोकम थिए । उनले फेसबुकमा लेखेका थिए– होटलको कोठा जोडले हल्लिएको थियो । उभेर बस्न पनि गाह्रो थियो ।

दुबै टापुमा हवाई सेवा सामान्य नै छ । तर बालीको देनपसार विमानस्थललाई भुकम्पले हल्का नोक्सान पुर्याएको छ ।

लामबोक एक लोकप्रिय पर्यटन स्थल हो र यो इन्डोनेसियाको बाली द्विपबाट ४० किलोमिटर पुर्वमा अवस्थित छ ।


यो एक हप्ताभित्र लामबोकमा आएको दोश्रो शक्तिशाली भुकम्प हो । जुलाइ २९ मा आएको ६ दशमलव ४ म्याग्निच्यडको भुकम्पले लामबोक द्विपमा कम्तिमा १५ जनाको ज्यान गएको थियो ।

गत हप्ताको भुकम्पका कारण लामबोकमा एक पर्बतमा ५ सय भन्दा धेरै पर्वतारोही पनि फसेका थिए । उनीहरूलाई सुरक्षित निकाल्न ठुलो उद्धार अभियान चलाइएको थियो ।
इन्डोनेसिया भुकम्पको अत्यन्त जोखिम रहेको देश हो । यो देश ‘रिंग अफ फायर‘ अर्थात लगातार भुकम्प र ज्वालामुखि विस्फोट हुने रेखामा पर्छ ।

यो रेखाले पशान्त महासागरको करिब पुरै भागलाई घरेको छ । विश्वका आधाभन्दा धेरै सक्रिय ज्वालामुखी यही ‘रिंग अफ फायर‘को हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस्