कार पार्कमा विमान खस्यो



सान्ता अना,(एजेनसी)
अमेरिकाको कयालिफोर्नियाको सान्ता अना स्थित एउटा सपिंग सेन्टर कार पार्कमा एउटा सानो विमान दुर्घटाग्रस्त हुँदा त्यसमा सवार पाँचजना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुईवटा इन्जियुक्त उक्त सेस्सना विमान जोहन वायने विमानस्थल तर्फ उड्ने क्रममा आइतवार विमानस्थल देखि १ दशमलव ६ किमि टाढा दुर्घटनामा परेको थियो ।

अरेन्ज काउन्टि अच्नि नियनत्रण निकायले विमानमा सवार कोहि पनि नबचेको र विमान झर्दा जमिनमा कसैलाई चोटपटक नलागेको स्पष्ट पारेको छ । उक्त दुर्घटना हुनु केहि समय अघि मात्र विमान चालकले आपतकालिन अवतरण गर्न लागेको जनाएका थिए ।

राष्ट्रिय पारवहन निकायले दुर्घटनाका कारणबारे छानविन थालिसकेको छ । प्रत्यक्षदर्शीहरुले सो विमानको चुच्चो जमिनमा धसेका ेदेखेको पत्रकारहरुलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्