स्विजरल्यान्ड: २० को मृत्यु



जेनेभा (एजेन्सी)
स्विजरल्यान्डको पुर्वी भागमा एक विमान पहाडमा ठाक्किएर भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । उक्त युंकर जेयु–५२ विमान द्वितीय विश्वयुद्धताकाको भएको बताइएको छ ।

शनिबार १४ यात्रीलाई घुमाउने उद्देस्यले उक्त विमानले उडान भरेको थियो । दुर्घटनामा सबै १७ यात्री र चालक दलका ३ सदस्यको मृत्यु भएको छ । घटना प्रति दुख प्रकत गर्दै जेयु–एयरले हाललाई सबै उडान रोकेको जानकारी दिएका छन् । दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

विमान एक्कासी तिब्र बेगले तल झरेको र जमिनमा ठोक्किएको हुन सक्ने स्विस ट्रान्सपोटेसन सेफ्टी इन्भेस्टिगेसन बोर्डका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्