बंगलादेश: राजदुतमाथि आक्रमण



ढाका (एजेन्सी)
बंगलादेशको राजधानी ढाकामा अमेरिकी राजदुतको चढेको गाडी र त्यो सँगै रहेका सवारीहरुमाथि केहि हतियारधारीहरुले आक्रमण गरेका छन् । एक अमेरिकी अधिकारीले उक्त आक्रममा अमेरिकी राजदुत मार्सिया बर्निकेट र उनका सुरक्षा बललाई कुनै चोट नलागेको जानकारी दिए । तर उक्त घटनामा दुई गाडीलाई नोक्सान पुगेको बताइएको छ ।

प्रदर्शनकारीमाथि पनि भएको आक्रमणमा ५० जना घाइते भएका छन् । बंंगलादेशमा विगत कयौं दिनदेखि हजारौ छात्र र स्कुलका विद्यार्थी सुरक्षित सडकको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । बंगलादेश सरकारले उक्त प्रदर्शन रोक्न गत आइतबार अश्रु ग्यासको प्रयोग गवरेको थियो ।

प्रतिक्रिया दिनुहोस्