लक्ष्मी बैंकको नयाँ शाखा मनमैजुमा



काठमाडौं, (नेस)
लक्ष्मी बैंकले काठमाडौं उपत्यकाभित्र १८औं शाखाको मनमैजुमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पँरा गर्न आवश्यक सम्पँर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी तथा विशेषगरी कृषि व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

नयाँ शाखाका साथ लक्ष्मी बैंक ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०६ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ५९ शाखामार्फत २ दशमलव ६ अर्बभन्दा माथिको लघुकर्जा प्रदान गरेको छ ।

त्यस्तै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिङ सेवा सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फन्ड–१ र लक्ष्मी इक्विटी फन्ड नामक म्युचुअल फन्ड सञ्चालनमा ल्याएको छ ।
आव २०७४÷७५ मा ६७ दशमलव ७४ अर्ब निक्षेप र ६२ अर्ब कर्जा गरे बैंकको वासलातको आकार ८१ दशमलव ३३ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्